काठमाडौं । आज नेप्से परिसूचक १७ दशमलव ६७ अंकले घटेर २,१०६ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज ५० कम्पनीको शेयर मुल्य बढेको छ भने १२३ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड र उत्पादनमुलक बाहेक सबै उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । युनिलिभर नेपालका लगानीकर्ताले ५ दशमलव ५९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।