काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एनआइसी एशिया बैंकले विक्री गरेको संस्थापक समुहको शेयरमा परेको गोप्य सिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त पोलपत्र आज १० बजे ग्लोबल आइएमई क्यापीटलको कार्यालय नक्सालमा खोलिने जनाएको छ ।
नेपाल लाइफको ५ लाख ९६ हजार ५२१ कित्ता र एनआइसी एशिया बैंकको ७ लाख १७ हजार ९५० कित्ता शेयर विक्री गरेको हो । नेपाल लाइफको उक्त शेयरको मुल्य प्रतिकित्ता ७ सय र एनआइसी एशिया बैंकको ४२५ रुपैयाँ थियो ।
उक्त शेयरहरुमा इच्छुक व्यक्ति संघ संस्था वा जो केहीले पनि आवेदन दिने व्यवस्था थियो उक्त शेयर साउन ५ गतेदेखि साउन १९ गतेसम्म विक्रीमा ल्याएको हो । तोकिएको समयमा परेको उक्त बोलपत्र आज खोलिने भएको हो ।