काठमाडौं । जानकी फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा फाइनान्सले ४ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३८ दशमलव १३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा फाइनान्सको चुक्ता पूँजी १५ प्रतिशत बढेको छ भने जगेडा कोष १६ दशमलव ०१ प्रतिशत घटेको छ। त्यसैगरी, फाइनान्सको निक्षेप ४ दशमलव६६ प्रतिशत घटेको छ भने कर्जा लगानी २७ दशमलव ४२ प्रतिशतले बृद्धि भएको छ ।
यस अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ६७ दशमलव ५१ प्रतिशतले बढेर १८ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ । खुद फि तथा कमिसन आम्दानी १३ दशमलव ८३ प्रतिशत घटेको छ। त्यसैगरी, फाइनान्सको कुल सञ्चालन आम्दानी ६३ दशमलव ८३ प्रतिशत र सञ्चालन मुनाफा ३२ दशमलव १३ प्रतिशतले बढेको छ।
यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५ पैसा बढेर ६ रुपैयाँ २४ पैसा पुगेको छ। यस अवधिसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ५९.६१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ६४ पैसा रहेको छ।