Connect IPS
IME Life

मर्जर पछि नविल बैंकको मुनाफा ४ अर्ब ९७ करोड, प्रतिशेयर आम्दानी २१ रुपैयाँ: तत्काल सिनर्जी आएन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बंगलादेश बैंकलाई गाभेर नविल बैंक बाणिज्य बैंकहरु मध्येकै सर्वाधिक धेरै मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ९७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेको थियो । मर्जर पछि बैंकलाई मुनाफामा भने खासै ठुलो प्रभाव पार्न सकेन ।

साथै प्रतिशेयर आम्दानी पनि खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षमा ३२ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको नविल बैंकको यस वर्ष भने २१ रुपैयाँमा खुम्चिएको छ । बैंकले गत वर्ष बोनस शेयर र मर्जर पछि बंगलादेश बैंकलाई गाभेर चुक्ता पूँजी बढाएको थियो ।

Prabhu
Crest

बैंकको हालको चुक्ता पूँजी २२ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा १३ अर्ब ८४ करोड रुपैयाँ थियो । समिक्षा अवधिमा ६४.९२ प्रतिशतले पूँजी बढाएको छ । मर्जर पछि बैंकको जगेडा कोषमा उल्लेख्य सुधार भएको छ । यस अवधिमा ६८ प्रतिशतले जगेडा कोष बढाउदै बैंकले २६ अर्ब ३७ करोड रुपैयाँ पुर्याएको छ । बैंकको जगेडा कोष सर्वाधिक ठुलो भएको छ ।

समिक्षा अवधिमा निक्षेप संकलन ४५ प्रतिशतले निक्षेप सुधार गरेको छ भने ५२ प्रतिशतले निक्षेप बृद्धि गरेको छ । यस अवधिमा बैंकले तीन खर्ब २६ अर्ब निक्षेप संकलन गरी तीन खर्ब एक अर्ब कर्जा विस्तार गरेको छ ।

खुद व्याज आम्दानी ९ अर्ब ४३ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । तर बंगलादेश बैंकलाई प्राप्ति गरे सँगै बैंकको खराव कर्जा बढेको छ । खराव कर्जा ०.८४ प्रतिशतबाट १.५४ प्रतिशत पुगेको छ । यहि कारणले गर्दा पनि बैंकको मुनाफा खुम्चिएको हो । साथै लाभांश वितरण योग्य मुनाफा पनि ९१ करोड २० लाख रुपैयाँमा खुम्चिएको छ । यस आधारमा यस आर्थिक वर्षमा बैंकको नगद लाभांश वितरण गर्न सक्ने क्षमता ४ प्रतिशत मात्रै छ । तर बैंकले यस वर्ष बंगलादेश बैंक सँग मर्ज गर्दा स्वाप रेसियोबाट उब्रिएको जगेडाबाट बोनस शेयर दिन सक्ने छ । यस आधारमा बैंक सँग सत प्रतिशत बोनस शेयर वितरण गर्न सक्ने क्षमता छ । तर मुनाफा नबढ्ने हो भने यहि अवधिमा बोनस शेयर वितरण गर्यो भने बैंकको प्रतिशेयर आम्दानी थप खुम्चिनेछ । त्यसैले यस वर्ष बैंकले धेरै नै बोनस शेयर दिन सक्ने देखिदैन ।

मर्जर पछि खराव अवस्थामा रहेको बंगलादेश बैंकका कारण नविल बैंकको हरेक सूचकमा खराव प्रस्तुती देखिएको छ । त्यसैले यस अवस्थालाई सुधार्न नविललाई कम्तिमा एक वर्ष लाग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS