Connect IPS
IME Life

गरिमा विकास बैंकको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको गत चैत १८ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट पारित १६ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले गत चैत ३ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको डिम्याट खातामा बोनश शेयर जम्मा गरेको एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीका अनुसार १६ प्रतिशत बोनश शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको छ ।

Prabhu
Crest

चैत १८ गतेपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः बोनस शेयर जम्मा हुने व्यवस्था गरिएकाले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गराई बोनश शेयर डिम्याट खातामा नै प्राप्त गर्न शेयरधनीलाई आग्रह गरेको छ ।

साथै, गरिमा बैंकले सहारा विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार भएको मिति २०७८ कार्तिक २८ गते पश्चात् शेयर खरीद गरेका शेयरधनीले बोनस शेयर बापतको कर रकम तिर्नुपर्ने भएकोले शेयरधनीले शेयर बापतको कर तिरेपछि मात्र बोनश शेयर हितग्राही खातामा जम्मा गरिने समेत कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS