Connect IPS
IME Life

बदलिंदो परिस्थितिमा खर्च कटौती र सुधारिएको ग्राहक सेवाको रणनीतिमा बीमा कम्पनीहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वव्यापी आर्थिक मन्दीका कारण चालू आर्थिक वर्षमा जीवन बीमा कारोबार सहज नहुने अनुमानका बीच जीवन बीमा कम्पनीहरुले फरक ढंगले रणनीति बनाउन जुटेका छन् । गत आर्थिक वर्षमा व्यापारको वृद्धिदरमा गिरावट आएपछि अधिकांश जीवन बीमकले खर्च कटौतीलाई रणनीतिको प्राथमिकतामा राखेका छन् । खर्च कटौतीको लागी अभिकर्ताको प्रोत्साहनवापत अनावश्यकरुपमा दिंदै आएको सुविधाहरुमा कैंची चलाउन थालिएको हो ।

जीवन बीमकले प्रतिस्पर्धात्मक क्षमता र नाफालाई असर पर्न नदिनको लागी अनावश्यक खर्च कटौतीको क्रममा अभिकर्ताको अतिरिक्त सुविधामा सक्दो नियन्त्रण गर्ने, कर्मचारी संख्या कटौती गर्ने र संचालन खर्च कटौती गर्ने विकल्पहरु अपनाउँदै छन् ।

Prabhu
Crest

अभिकर्ताहरुलाई प्रदान गरिने नगद तथा प्रोत्साहनको अतिरिक्त वार्षिकरुपमा अभिकर्ता सम्मान कार्यक्रममा समेत ठूलो रकम खर्च हुने भएकाले यसवर्ष बीमकहरुले मितव्ययीरुपमा यस्तो सम्मान कार्यक्रमको आयोजना गर्नुपर्ने बाध्यता आइपर्न सक्छ ।

जीवन बीमा कम्पनीहरुबीच मर्जरपछि व्यवसायीक प्रतिस्पर्धा झन् बढ्ने संभावनालाई मध्यनजर गर्दै ग्राहक सेवालाई अझै परिस्कृत बनाउने तथा संचालन खर्च कटौती प्राथमिकतामा परेको छ ।

नयाँ व्यवसाय बिस्तारको लागी ग्राहक खोजी गर्न सहज नभएको हुँदा ग्राहक सेवामा व्यापक सुधार गरेर पुराना ग्राहकलाई रिझाउने र बढीभन्दा बढी नविकरण बीमाशुल्क आर्जन गर्ने जीवन बीमा कम्पनीहरुको रणनीति छ । यसबाहेक पुराना सन्तुष्ट ग्राहकको माध्यमबाट नयाँ व्यवसाय आकर्षित गर्न तुलनात्मकरुपमा सहज हुने भएकाले ती ग्राहकलाई नै अवैतनिक दूतकारुपमा भरपुर उपयोग गर्ने पक्षमा समेत उच्च व्यवस्थापन रहेको छ ।

मर्जरपछि ठूलो पूँजी, भौतिक पूर्वाधार, थप दक्ष जनशक्ति, बिस्तारित शाखा संजालको प्रयोगले मर्जरबाट जन्मिने कम्पनीले तुलनात्मकरुपमा बजार हिस्सा वृद्धि गर्न सहज हुने अनुमान गरिएको छ । तर खराब वित्तीय अवस्था भएको जीवन बीमक र सामान्य वित्तीय अवस्था भएको जीवन बीमकबीचको मर्जरले बजारमा खासै चुनौती नथपिने टिप्पणी समेत गरिएको छ ।

अबको समय सामान्य ढंगबाट जीवन बीमा व्यवसाय चल्न सक्दैन,एकजना प्रमुख कार्यकारी अधिकृतले बीमा कम्पनीहरुबीच मर्जरपछिको अवस्थालाई अनुमान गर्दै भने,जुन जीवन बीमकले प्रविधिको प्रयोग र ग्राहक सेवालाई उच्च प्राथमिकतामा राख्न सक्छ,त्यही कम्पनीमात्र टिक्न सक्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS