IME Life
Beema Board

नेपाल लाइफ सहित चार कम्पनीले बुझाए एक्चुरियल रिपोर्ट, नबुझाउने ११ सँग स्पष्टिकरण माग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सहित चार वटा जीवन बीमा कम्पनीले बीमा समितिमा एक्चुरियल प्रतिवेन बुझाएका छन् । बीमा समितिका अनुसार नेपाल लाइफ सहित नेशनल लाइफ, महालक्ष्मी लाइफ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक्चुरियल मूल्याङ्कन पेश गरेका छन् । अहिलेसम्म मेट लाइफ सहित एशियन लाइफ, ज्योति लाइफ र आइएमई लाइफले एक्चुरियल प्रतिवेदन स्वीकृत गराइसकेका छन् ।

उनिले बीमितहरुको बोनसदर समेत सार्वजनिक गरिसकेका छन् । समितिका अनुसार बोनसदर सार्वजनिक गरे पनि उनिहरुले वित्तीय विवरण भने समितिमा बुझाउन सकेका छैनन् । भ्यालुएसन स्वीकृत भएको केहि समय भित्रै वित्तीय विवरण पेश गर्न सकिने भए पनि कम्पनीहरुले पेश गरिरहेका छैनन् ।

Prabhu
Crest

बीमा समितिको एक्चुरिले कम्पनीहरुले पेश गरेर प्रतिवेदन हेरेर मात्रै स्वीकृत गर्दछ । यदि समितिको एक्चुरिले प्रतिवेदनमा केहि कैफियत भेट्यो भने पुनः सच्याउन निर्देशन दिनेछ । यदि कम्पनीहरुले राम्रो सँग प्रतिवेदन तयार पारेका रहेछन् भने केहि समयमै स्वीकृत हुन्छ ।

अहिलेसम्म बीमा समितिमा ८ वटाले मात्रै एक्चुरियल प्रतिवेदन बुझाएका छन् तर अझै ११ वटाले प्रतिवेदन बुझाउन सकेका छैनन् । समितिले नबुझाउने ११ वटै कम्पनीलाई स्पष्टिकरण मागेकोमा केहि कम्पनीहरुले भने स्पष्टिकरण पनि पेश गरिसकेको बीमा समितिका उप निर्देशक निर्मल अधिकारीले जानकारी दिए ।

यस भन्दा अघिल्लो आर्थिक वर्ष २०७६/७७ कै एक्चुरियल मूल्याङ्कन गर्न ढिलाइ भएकाले अहिले पनि ढिला भएको उनिहरुले जवाफ दिएका छन् । कोभिड १९ को महामारी पछि बीमा कम्पनीहरुको एक्चुरियल मूल्याङ्कनमा ढिलाइ हुँदै आएको उप निर्देशक अधिकारीले जानकारी दिए ।

बीमा कम्पनीहरुले जहिले पनि नेपालमा एक्चुरि नहुँदा यसमा ढिलाइ हुँदै आएको जवाफ दिने गरेका छन् । वास्तवमा बीमा कम्पनीहरुले ठिक समयमा काम नगर्दा यस्तो अवस्था आएको हो । जवकी मेट लाइफले गत आर्थिक वर्षको एक्चुरियल मूल्याङ्कन सबैभन्दा पहिला अझ समयमै सम्पन्न गर्यो । मेट लाइफले आन्तरिक रुपमै एक्चुरी राखेर काम गरिरहेको छ । यसले गर्दा कम्पनीलाई समयमै काम सक्न सजिलो भएको हो ।

बीमा समितिले सम्पुर्ण कम्पनीहरुलाई फुल टाइमर एक्चुरि नियुक्त गर्न निर्देशन दिनु पर्ने देखिन्छ । अन्तिम समयमा एक्चुरी खोज्नु भन्दा हरेक त्रैमाशिक अवधिमै एक्चुरिले काम गर्ने हो भने अहिले भनिए जस्तो ठुलो समस्या आउदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS