Connect IPS
IME Life

वर्षौदेखि बीमितलाई भुक्तानी दिनुपर्ने रकम कब्जामा राखेका बीमा कम्पनीलाई समितिले दियो कारवाहीको चेतावनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमितलाई भुक्तानी दिनुपर्ने रकम वर्षौदेखि आफ्नो कब्जामा राख्दै आएका जीवन बीमा कम्पनीलाई बीमा समितिले कारवाहीको चेतावनी दिएको छ । समितिले जीवित लाभ(सर्भाइभल बेनिफिट),अग्रिम दाबी भुक्तानी(पार्सिलय म्याचुरिटी क्लेम), परिपक्व बीमा दाबी (म्याचुरिटी क्लेम) वापतको दाबी भुक्तानी एक साताभित्र फछ्र्यौट गरी लिखित जानकारी पेश गर्नको लागी जीवन बीमकहरुलाई निर्देशन दिएको छ ।

जीवन बीमा कम्पनीहरुको वित्तीय प्रतिवेदनहरुमा बीमितलाई अग्रिम दाबी भुक्तानी(सर्भाइभल बेनिफिट) र परिपक्व बीमा दाबी(म्याचुरिटी क्लेम) वापतको अर्बौ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको देखिए पछि नियामकले चासो देखाएको हो ।

Prabhu
Crest

समितिले कारवाही गर्ने सुइँको पाएका जीवन बीमा कम्पनीहरुले एक वर्ष अघि देखि नै आफ्नो सामाजिक संजाल र वेबसाइटमार्फत् बीमितहरुलाई आवधिक र परिपक्व बीमा दाबी लिन आउनको लागी सार्वजनिक सूचना प्रकाशन गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले बीमा दाबी लिन बाँकी रहेका प्रत्येक बीमितको नाम, बीमालेख नम्बर र दाबी भुक्तानी लिन बाँकी रहेको रकम समेत खुलाएर अनिवार्यरुपमा आफ्नो वेबसाइटमा विवरण प्रकाशन गर्नुपर्नेमा सामान्य सूचना मात्र प्रकाशन गरेका छन् । जीवन बीमकमध्ये मेटलाईफ (अमेरिकन लाईफ) ले मात्र आंशिक र पूर्णावधि दाबी भुक्तानी लिन बाँकी रहेका बीमितको बीमालेख नम्बर सहितको सूची सार्वजनिक गरेको छ ।

जीवन बीमा कम्पनीहरुले बीमित सम्पर्कमा नआएको वा नरहेको भन्दै दाबी वापतको अर्बौ रुपैयाँ जीवन बीमा कोषमै राखेर ब्याजवापत ठूलो आम्दानी गरिरहेका छन् ।

बीमा समितिले वर्षौंसम्म पनि बीमित सम्पर्कमा नआएका कारण बीमा कोषमा जम्मा रहेको पैसा खोस्ने गरी बीमित कल्याणकारी कोष खडा गर्ने चर्चा समेत चलेको छ । जीवन बीमा कम्पनीहरुले बीमितलाई भुक्तानी दिनुको साटो आफैंसँग यस्तो रकम दुई दशकभन्दा बढी समयसम्म राखेमा समितिले कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने प्रावधान लागू गर्न सक्छ ।

छिमेकी मुलुक भारतमा समेत यस्तो भुक्तानी गर्न बाँकी रहेको दाबीवापतको रकम ज्येष्ठ नागरिक कल्याणकारी कोषमा बीमा कम्पनीहरुले जम्मा गर्नुपर्ने प्रावधान लागू गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS