Connect IPS
IME Life

कोरोना संक्रमण बढेसँगै निशुल्क उपचारको व्यवस्था गर्दै सरकार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा पछिल्लो केही दिन यता कोरोना संक्रमण बढ्दो अवस्थामा रहेको छ । कोरोना संक्रमणले भयावह अवस्था सिर्जना गर्नु अगावै सरकारले देशभर विभिन्न अस्पतालमा उपचारको व्यवस्था गरेको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७९ असार ३१ गतेको निर्णयले विभिन्न अस्पतालमा कोरोना संक्रमितले निशुल्क उपचार सेवा पाउनेछन् । यो सेवा कोरोना संक्रमणको मध्यम अवस्था र गम्भिर अवस्थाका विरामीहरुले उपभोग गर्न पाउनेछन् । निशुल्क उपचार गराएका ती अस्पतालहरुलाई भने विरामीको अवस्थाको आधारमा अनुदान दिने मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

सरकारले सातै प्रदेशका अस्पतालमा निशुल्क कोरोना विरामीको उपचारका लागि व्यवस्था गरिएको छ । जसमध्ये प्रदेश नं १ मा कोशी अस्पताल विराटनगर र वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । यसैगरी मधेश प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल र नारायणी अस्पताल रहेको छ । वाग्मती प्रदेशमा भने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, वीर अस्पताल, त्रि.वि. शिक्षण अस्पताल र पाटन अस्पताल गरि ५ वटा अस्पतालमा निशुल्क उपचारको व्यवस्था रहेको छ ।

गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागीरि अस्पताल, लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल र भेरी अस्पतालबाट सेवा लिन सकिन्छ । कर्णाली प्रदेशमा भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत प्रादेशिक अस्पतालमा यो सेवा सञ्चालनमा रहेको छ । साथै सुदुरपश्चिममा भने डडेलधुरा असपताल र सेती प्रादेशिक अस्पतालबाट यो सेवा प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS