काठमाडौं । आज साताो दोस्रो दिन शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज परिसूचक १ दशमलव १५ अंकले बढेर २,१९६ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार रुपैयाँको शेयर करोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ३८ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १६ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्टको १३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको १२ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।