Connect IPS
IME Life

यूनियन लाइफको अभिकर्ता सम्मान तथा क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

बिर्तामोड । नयाँ आर्थिक बर्ष शुरु भएसँगै यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको अभिकर्ता सम्मान तथा क्षमता अभिवृद्धि कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । यूनियनमा आवद्ध भइ प्रदेश १ मा क्रियाशिल यूनियन लाइफ स्टार एजेन्सी टिमले अभिकर्ताहरुको क्षमता विकास साथै सम्मान गरेको हो ।

बिर्तामोडस्थित सिद्धार्थ होटल ग्राण्ड सिटीमा आयोजित कार्यक्रममा गत आर्थिक बर्षमा उत्कृष्ट व्यवसाय गर्न सफल २ दर्जनबढी अभिकर्ताहरुलाई सम्मान गरिएको टिमका संयोजक तथा यूनियन लाईफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सी मेनेजर खिवराज दाहालले जानकारी दिए ।

Prabhu
Crest

टिमले पहिलो पटक असार महिनामा सञ्चालन गरेको उत्कृष्ट व्यवसायको आधारमा १९ जना हिरो अफ द डे बन्न सफल एजेन्सी मेनेजरहरुलाई सम्मान पत्रले सम्मानित गरेको थियो । त्यस्तै हिरो अफ द विक बन्न सफल एजेन्सी मेनेजरद्वय मिलन कोइराला र तिर्थप्रसाद दाहाल र हिरो अफ द मन्थ बन्न सफल एजेन्सी मेनेजर सागर रिजाललाई ट्रफी तथा सम्मान पत्रले सम्मानित गरेको कम्पनीका बिर्तामोड शाखा प्रमुख बद्रीप्रसाद भण्डारीले जानकारी दिए ।

टिममा २५ लाख बढी व्यवसाय गर्न सफल कोपिला चौहान, सागर रिजाल, शिव खनाल र मेनुका तिवारी सम्मानित भएका थिए । त्यस्तै पचास लाख बढी व्यवसाय गर्ने एजेन्सी मेनेजर राजु पाठक, ७५ लाख बढी व्यवसाय गर्न सफल एजेन्सी मेनेजरद्वय सार्जन पाहिम र दिपक तुम्बापो साथै एक करोड बढी व्यवसाय गर्न सफल सिनियर एजेन्सी मेनेजर पुष्प खड्कालाई कम्पनीका सिनियर एजेन्सी मेनेजर तथा टिम लिडर खिवराज दाहालले सम्मान गरेका हुन् ।

असार महिनामा प्रदेश १ मै उत्कृष्ट ब्यवसाय गर्न सफल बिर्तामोड शाखाका शाखा प्रमुख बद्री भण्डारीलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा टिम लिडर दाहालले सहभागी अभिकर्ताहरुलाई बीमा किन र कसरी गर्ने भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईले जीवन विमा अत्यन्त आवश्यक भएको बताउँदै पालिकाले अति विपन्न नागरिकको निःशुल्क बीमा गर्ने निर्णय गरेको बताइन । उनले बीमा नागरिकको रक्षावरणका लागि आवश्यक भएको बताउँदै नगरबासीलाई बीमाको पहुँचमा ल्याउन आवश्यक सहयोग गर्ने बताइन् ।

कार्यक्रममा एम्नेष्टि इन्टरनेशनलका पूर्व राष्ट्रिय अध्यक्ष तथा शिक्षासेवी हेमकुमार खड्का लगायत यूनियन लाइफका विभिन्न शाखामा कार्यरत प्रमुखहरुका साथै दर्जनौँ अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS