पाथिभरा इन्स्योरेन्स सोलुसनले माग्यो २५ जना कर्मचारी, कति चाहिन्छ योग्यता ?

काठमाडौं । पाथिभरा इन्स्योरेन्स सोलुसन प्रा.लीले कर्मचारीको माग गरेको छ । कम्पनीले प्रबन्धका लागि ५ जना र मार्केटिङ अफिसरका लागि २० जना गरी जम्मा २५ जना कर्मचारीको माग गरेको हो । प्रबन्धक पदका लागि स्नातक तह पास गरी तीन वर्ष सम्बन्धीत क्षेत्रमा काम गरेको हुनुपर्ने तथा बीमा सम्बन्धी अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । प्रबन्धक पदमा ५० हजार तलब सुविधा हुने पनि कम्पनीले जनाएको छ ।

त्यस्तै, मार्केटिङ अफिसरका लागि १२ पास तथा सो सरह उर्तिण गरी १ वर्ष कार्य अनुभव भएको हुनुपर्ने तथा बीमा सम्बन्धी तालिम लिएकाहरुलाई प्राथमिकता दिने कम्पनीले जनाएको छ । साथै यस पदमा भने तलव सुविधा २० हजार हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार