अर्थमन्त्रीमा जनार्दन शर्मा पुनः नियुक्त

काठमाडौं । अर्थमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेकी हुन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप पछि शर्माले पदबाट राजिनामा दिएका थिए । उनलाई लागेको आरोप छानविन गर्न संसदिय विशेष समिति गठन भएको थियो । उक्त समितिले उनलाई क्लिन चिट दिए सँगै शर्मालाई नै अर्थमन्त्रीमा दोहोर्याइएको हो । शर्माले आजै ५ बजे पछि शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार