काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५४ दशमलव ५८ अंकले बढेर २,१९५ दशमलव १० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४८६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६० करोडमाथिको शेयर कारोबार भएको छ । आज १२६ कम्पनीको शेयर मुल्य बढेको छ भने ५१ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज बजार बढ्दा ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने ५ कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् । नेपाल इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स कम्पनी, आइएमई जनरल, प्रुडेन्सियल र एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।