IME Life
GBIME

अधिकांश बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट, किन बढ्यो ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मर्जर पछि लामो समय कारोबार बन्द हुने व्यवस्था हट्न थाले सँगै आज बीमा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । केहि दिनदेखि लगातार सुधार भइरहेको शेयर बजारमा बीमा कम्पनीको शेयर मूल्य धेरै तल्लो विन्दुमा रहेको छ ।

बीमा समितिले बीमा कम्पनीहरुलाई फोर्स मर्जरका लागि अप्रत्यक्ष रुपमा पेले सँगै दोस्रो बजारमा बीमा कम्पनीको शेयर मूल्य घटेको थियो । अहिले पनि दोस्रो बजारमा १८ वटा बीमा कम्पनीको शेयर कारोबार रोक्का छ । दुई कम्पनीले मर्जरको सहमति गरे पनि कारोबार हुन सकेको छैन भने बाँकी कम्पनीहरुको मर्जरकै टुङ्गो छैन । यसले गर्दा लामो समयसम्म शेयर बन्धक हुने भएकाले पनि बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण थिएन ।

Crest

नेपाल धितोपत्र बोर्डले आफ्नो नीति तथा कार्यक्रममा १० दिन भित्रमा यस सम्बन्धी निर्देशिका जारी गरेर कारोबार खुला गर्ने घोषणा गरेको थियो । धितोपत्र बोर्डको यस्तो निर्देशन सँगै अव मर्जरकै कारण लामो समय दोस्रो बजारमा शेयर बन्दक हुँदैन ।

यसले गर्दा आज दोस्रो बजारका कारोबार गर्न मिल्ने सम्पुर्ण बीमा कम्पनीको शेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । आज सकारात्मक सर्किट लाग्नेमा नेपाल इन्स्योरेन्स, आइएमई जनरल, प्रुडेन्सियल, युनाइटेड, एनएलजी, नेको छन् । यस बाहेक नेशनल लाइफ, एशियन लाइफ, शिखर इन्स्योरन्स, नेपाल लाइफको शेयर मूल्यमा पनि सर्वाधिक सुधार भएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS