काठमाडौं । आज नेप्से परिसूचक १२ दशमलव ९२ अंकले बढेर २,१४० दशमलव ३९ को विन्दुमा कायम भएको छ । आज २ अर्ब १९ करोड १६ लाख १९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको १२ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, लुम्बिनी विकास बैंकको ९ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको ७ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ६ करोडमाथि शेयर कारोबार भएको छ ।