Connect IPS
IME Life

रिलायबल नेपाल लाइफको मुनाफा २७ करोड ४८ लाख, कुल बीमा शुल्क आर्जन ३१ प्रतिशलते बृद्धि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा खुद मुनाफा २१.६५ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले समिक्षा अवधिमा २७ करोड ४८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी अघिल्लो आर्थिक वर्षमा २२ करोड ५९ लाख रुपैयाँ थियो ।

कम्पनिले गत आर्थिक वर्षमा कुल बीमा शुल्क आर्जन ३१.८५ प्रतिशलते बढाउन सफल भएको छ । रिलाबल नेपालले गत आर्थिक वर्षमा तीन अर्ब ९७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । त्यस्तै खुद बीमा शुल्क आर्जन पनि २७.४२ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले यस अवधिमा तीन अर्ब ७७ करोड रुपैयाँ आर्जन गरेको छ ।

Prabhu
Crest

बीमा शुल्क सँगै दाबी भुक्तानी पनि बढिरहेको छ । यसै क्रममा कम्पनीले गत वर्षमा ७१ करोड ७७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस वर्ष कम्पनीको बाँकी दाबी भुक्तानी सून्य छ । व्यवसायिक बृद्धि सँगै कम्पनीको अभिकर्ता कमिशन बापत ५७ करोड ६९ लाख रुपैयाँ खर्च भएको छ । अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशतले बढेको हो ।

यस वर्षमा कम्पनीको जीवन बीमा कमोषमा ५९.४८ प्रतिशतले बृद्धि भएको छ । जीवन बीमा कोषमा ४ अर्ब ६० करोड रुपैयाँ जम्मा भसकेको छ । दीर्घकालिन कर्जा लगानी तीन अर्ब ९३ करोडबाट ६ अर्ब एक करोड रुपेयाँ पुर्याउन सफल भएको छ । चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब ९ करोड रुपैयाँ जम्मा भएको छ ।

मुनाफा बढे सँगै कर्मचारीका लागि व्यवस्था गरिएको रकम पनि बढेको छ । यस वर्ष कम्पनीले कर्मचारीका लागि २ करोड ७४ लाख रुपैयाँ छुट्टाएको छ । अभिकर्ताले मात्रै यस वर्ष ५७ करोड ६९ लाख रुपयाँ कमिशन तथा इन्सेन्टिभ बुझेका छन् । प्रतिशेयर आम्दानी १९ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS