IME Life
Beema Board

माछापुच्छ्रे बैंकद्धारा दुर्घटना बीमा वापत ७ लाख रुपैयाँ दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बीमा सुविधा अन्तर्गत ग्राहकले प्राप्त गर्ने बीमा रकम भुक्तानी गरेको छ । बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधा अन्तर्गत ७ लाख रुपैयाँ रकम भुक्तानी गरेको छ ।

ग्राहक उमाकान्त चौधरीको दुर्घटनाबाट मृत्यु पश्चात उनको परिवारले दाबी गरेको उक्त दुर्घटना बीमा बैंकले मृतकको परिवारलाई हस्तान्तरण गरेको हो । बैंकले यसअघि पनि विभिन्न समयमा आफ्नो स्मार्ट तलब बचत खाता अन्तर्गत विभिन्न ग्राहकलाई बीमा रकम भुक्तानी गर्दै आएको छ ।

Prabhu
Crest

माछापुच्छ्रे बैंकले शून्य न्यूनतम मौज्दातमा खोल्न मिल्ने स्मार्ट तलब खातामा ग्राहकहरुलाई ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, १ लाख रुपैयाँ बराबरको जटिल प्रकृतिका रोगको उपचार खर्च, ४०,००० रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र १०,००० रुपैयाँसम्मको औषधि खर्च जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा, २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेव प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS