काठमाडौं । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन बर्षौ देखि रहँदै आएको छ । पहिले उपहार दिदाँ घरायसी एवं व्यक्तिगत रुपमा प्रयोग हुने सरसामानलाई उपहार स्वरुप दिने गरिन्थ्यो भने अहिले समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ ।
परिवर्तित समयसँगै पछिल्लो समय भने जीवन बीमालाई आम जनताको दैनिकीसँग जोड्दै जीवन बीमा पोलीसी उपहारका रुपमा दिने चलन बढ्दै गएको छ । विवाह, ब्रतबन्ध, जन्मदिन, पास्नी, गून्योचोलो, बैवाहिक बर्षगाँठ लगायतका शुभ कार्यमा बीमा पोलीसी उपहार दिने चलन बढ्दै गएको हो ।
सोही चलनको अनुसरण गर्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी भैरहवा शाखामा एजेन्सी म्यानेजरको रुपमा कार्यरत धर्म एस.के र उनको श्रीमती जबुना एसकेले आफ्नो छोराको जन्मदिनको अवसरमा जीवन बीमा पोलिसी उपहार दिएका छन् । उनीरुले आफ्नो छोरा रमेश एसकेलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन जीबन सारथी बीमा योजना अन्तरगत २० लाखको बीमा पोलिसी उपहार स्वरुप दिएका हुन् ।
बीमा पोलिसी हस्तान्तरण गर्दै रमेशका बुबाले बीमा गर्दा आर्थिक बचत हुने र नोक्सानी भएको हकमा क्षतिपूर्तिको सुनिश्चिता भएको हुदाँ जीवन बीमा अतिआवश्यक रहेको बताए । जीबन बीमा गर्ने योजना पहिले नै बनाएको र बिशेष दिनमा उपहार स्वरुप दिदाँ आकर्षक उपहार हुने र अन्यलाई समेत उत्प्रेरणा मिल्ने हुदाँ सो उपहार दिएको उनले बताए ।