IME Life
GBIME

मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारण समुहको ११ लाख ७६ हजार ७३ कित्ता मध्ये ५ प्रतिशत अर्थात ५८ हजार ५०३ कित्ता सामुहिक लगानीकोष र २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।

कर्मचारी र सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको १० लाख ९३ हजार ७४९ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ ।

Crest

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले मेरो शेयरको अनलाइन एप्लिकेसन तथा सि(आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

कम्पनीले कास्की जिल्लामा ४ मेगावाट क्षमताको सार्दिखोला जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजनाको कुल लागत ८३ करोड १० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ७७ लाख रुपैयाँ रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS