IME Life

गुराँसका डिसिइओ कंडेल नेपाल लाइफको नायव महाप्रवन्धकमा जादै

SPIL
Sanima Reliance

काठमाडौं । गुराँस लाइफका उप प्रमुख कार्यकारी अधिकृत ‘डिसिइओ’ स्मृतिराज कंडेल एक तह घटुवा भएर नेपाल लाइफको नायव महाप्रवन्धकमा जाने भएका छन् । कंडेलले नेपाल लाइफबाट अफर लेटर बुझेर गुराँस लाइफमा राजिनामा बुझाइसकेका छन् । गुराँस लाइफबाट राजिनामा स्वीकृत हुने वित्तीकै उनलाई नेपाल लाइफले अर्को महिनादेखि कार्यभार सम्हाल्ने गरी नियुक्ति गर्ने सहमति भएको बुझिएको छ । नेपाल लाइफले उनलाई अञ्चल प्रमुखको जिम्मेवारी दिने गरी नायव महाप्रवन्धक पदमा नियुक्ति गर्ने वचनवद्धता व्यक्त गरेको पाइएको छ ।

कंडेल गत असोजमा एलआईसी छाडेर गुराँस लाइफको डिसिइओमा भित्रिएका थिए । तर उनि एक वर्ष पनि टिक्न सकेनन् । एलआईसी नेपालमा १८ वर्ष काम गरेका कंडेल मार्केटिङमा पोख्त मानिन्छन् । यसैले गर्दा पनि नेपाल लाइफले आफ्नो खस्किएको बजार हिस्सा उकास्न मार्केटिङमा दख्खल राख्ने जनशक्ति तानिरहेको छ । प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले आफ्नो सेट बनाइरहेका छन् । यसै क्रममा उनले कंडेललाई नेपाल लाइफमा तानेका हुन् ।

Crest
Meta Holidays

गुराँस लाइफको भन्दा एक तह घटुवा भएर गए पनि कंडेलले सेवा सुविधा भने गुराँसको भन्दा राम्रो पाउने छन् । साथै नेपाल लाइफ गुराँस लाइफ भन्दा धेरै माथि छ । यसले गर्दा पनि कंडेल नेपाल लाइफ भित्रिएका हुन् । एक तह घटुवा भएर नियुक्त भएकाले संस्थागत सुशासन अनुसार उनलाई कुलिङ पिरियड लागु नहुने कम्पनीले जनाएको छ । दुबै कम्पनीले स्वीकृति दिएका खण्डमा उनि भदौ महिनादेखि नेपाल लाइफ भित्रिने छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x