काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा.लि बुटवलबिच नगदरहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा.लिको तर्फबाट प्रबन्धक निर्देशक भिमप्रसाद तुलाचनले हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपाल बाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा.लिबाट नगदरहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्ने छन् ।