IME Life

पूनर्बीमा व्यवसाय बिस्तारको लागी बीमा कम्पनीको दैलोमा धाउँदै स्वदेशी पूनर्बीमक

SPIL
NIC ASIA

काठमाडौं । नयाँ आर्थिक वर्षको प्रारम्भसँगै दुई स्वदेशी निर्जीवन बीमा कम्पनीहरु व्यापार बिस्तारमा सकृय भएका छन् । निजी क्षेत्रको पूनर्बीमा कम्पनी हिमालय रिइन्स्योरेन्स(हिमालय रि)को उच्च व्यवस्थापन तहले संन्ध्या भोजभतेर कार्यक्रमको माध्यमबाट बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतहरुसँग परिचय स्थापित गर्दै साउनको पहिलो सातामै सबै जसो बीमा कम्पनीमा व्यवसायीक प्रस्ताव पेश गरिसकेको छ ।

नेपाल पूनर्बीमा कम्पनी(नेपाल रि)ले मात्र उपभोग गर्दै आएको सरकारी संरक्षण खोसेर निजी क्षेत्रको हिमालयन रिइन्स्योरेन्स(हिमालयन रि) लाई समेत नियामक निकाय बीमा समितिले बाँडफाँड गरी दिएपछि हिमालयन रिको संचालक र उच्च व्यवस्थापन तह व्यापार बिस्तार हुनेमा आशावादी छन् ।

Prabhu
Crest

नेपाल पूनर्बीमा कम्पनीको उच्च व्यवस्थापन प्रत्यक्ष हिस्सा वापतको व्यवसाय खोसिन नदिनको लागी दौडधुप गरे पनि हिमालयन रिको व्यवसायीक रणनीति र पूनर्बीमा शुल्कका कारण अप्ठेरोमा पर्न सक्ने देखिएको छ ।

बीमा समितिको निर्णय निजी क्षेत्रबाट संचालित पूनर्बीमा कम्पनी हिमालयन रिलाई संरक्षण प्रदान गर्ने उद्देश्यले आएको भन्दै चौतर्फी आलोचना समेत भएको छ । जोखिम बहनको दृष्टीकोणले समेत नेपाल जस्तो पर्यावरणीय विनाशको जोखिम उच्च भएको मुलुकमा स्वदेशी भूगोलभित्रैको पूनर्बीमकसँग सम्पूर्ण जोखिम केन्द्रिकृत गर्नु मुख्र्याइँ हुने भन्दै असन्तुष्टी व्यक्त गरिएको छ ।

नेपाल सरकारले पहिलो स्वदेशी पूनर्बीमा कम्पनीको व्यवसाय सुनिश्चित गर्नको लागी कूल पूनर्बीमा व्यवसायको २० प्रतिशत हिस्सा अनिवार्यरुपमा नेपाल पूनर्बीमा कम्पनीलाई दिनुपर्ने व्यवस्था गरेको थियो । बीमा समितिले गत जेठ ५ मा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई बेग्ला बेग्लै परिपत्र जारी गर्दै नेपाल पूनर्बीमाले प्राप्त गर्दै आएको प्रत्यक्ष हिस्सा(डाइरेक्ट सेसन)वापतको २० प्रतिशतलाई हिमालयन रिसँग पनि बाँड्नुपर्ने निर्देशन दिएको थियो । उक्त परिपत्र अनुसार प्रत्यक्ष हिस्सावापतको १०–१० प्रतिशत दुबै पूनर्बीमकलाई दिनुपर्ने भएको हो । साथै प्रत्येक वर्ष २ प्रतिशतका दरले घटाउँदै ५ वर्षमा प्रत्यक्ष हिस्सावापतको पूनर्बीमाको अंश शुन्यमा झार्ने समेत निर्देशनमा उल्लेख छ ।

यसबाहेक १७ असारमा जारी अर्को परिपत्रमार्फत समितिले जीवन बीमा कम्पनीले प्रत्यक्ष हिस्सा बाहेकको बाँकी हिस्सा समेत स्वदेशी पूनर्बीमकसँगै पूनर्बीमा गर्न सकिने व्यवस्था गरेको थियो । निर्जीवन बीमकको हकमा प्रत्यक्ष हिस्सा बाहेकको बाँकी रहने व्यवसायमध्ये पहिलो वर्ष १५ प्रतिशत र दोश्रो वर्ष २० प्रतिशतका दरले दुबै पूनर्बीमकलाई दिनुपर्ने निर्देशन जारी गरेको छ । निर्जीवन बीमकले समेत प्रत्यक्ष हिस्सा बाहेकको पूनर्बीमा व्यवसाय समेत स्वदेशी पूनर्बीमकसँग गर्न सक्ने स्वेच्छिक प्रावधान समेत बीमा समितिले निर्देशनमार्फत् गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS