काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । अब अपर हेवाखोलाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु एनएमबी क्यापिटलले गर्ने छ ।
अपर हेवाखोलाले केहि समय अगाडी आइपीओ निष्काशन गरेको थियो । कम्पनीले असार २४ गतेदेखि असार २९ गतेसम्म सर्बसाधारणको लागि १५ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।