Connect IPS
IME Life

अर्थमन्त्री फर्किने सम्भावनाले शेयर बजारमा पहिरो, ४४ अंकले घट्दा कारोबार रकमले आशा जगाउदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई छानविन गर्न बनेको संसदिय विशेष समितिले सिसिटिभीको फुटेज मार्फत कुनै पनि क्लु नपाए पछि जनार्दन शर्माले सफाइ पाउने सम्भावना बढेको छ । आज विशेष समितले नेपाल प्रहरीको सहायतामा डिलिट भएको सिसिटिभीको फुटेज रिकभर गरेको थियो । तर उक्त फुटेज सार्है धमिलो भएकाले बुझिएन ।

यदि अर्थमन्त्रीलाई लगाइएको आरोप विशेष समितिले पुष्ठी गर्न नसकेमा माओवादीले जनार्दन शर्मालाई नै अर्थमन्त्रीमा नियुक्ति गर्ने घोषणा गरिसकेको छ । पछिल्लो समय लगानीकर्ताले अर्थमन्त्री जनार्दन शर्माले खासै रुचाउन सकिरहेको छैन ।

Prabhu
Crest

यसको पुष्ठी उनको राजिनामा सँगै अर्थमन्त्रीको जिम्मेवारी पनि प्रधानमन्त्री शेर बहादुर देउवाले नै सम्हाले पछि शेयर बजार लगातार सुधार भइरहेको छ । अझ यस पटक गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री देउवाको निर्देशनलाई टेरेको पाइयो । मौद्रिक नीतिमा जुन हिसावले आउछ भन्ने आकलन थियो, त्यस्तो आएन । गभर्नर अधिकारी र शर्माको सुरुवाति दिनदेखिनै ट्युनिङ मिल्न सकेको थिएन । जसले गर्दा अधिकारीले सरकारलाई नै प्रत्यक्ष अप्रत्यक्ष रुपमा असहयोग गर्दै आएका थिए ।

तर जनार्दन शर्मा पुन अर्थमन्त्रीमा आउने वित्तीकै उनिहरुको टकराव सुरु हुनेछ । यसले गर्दा पनि लगानीकर्ताहरु उनि प्रति संशङ्कित छन् । तत्कालिन अवस्थामा अर्थमन्त्रीको समाचारले शेयर बजारमा प्रभाव पारे पनि अवको केहि दिनमा सरकारले संघिय चुनावको घोषणा गर्नेछ । चुनाव घोषणा पछि शेयर बजारमा केहि सुधार हुने विश्लेषकहरु बताउछन् ।

आजको बजार घट्नुका अर्को प्रमुख कारण साउन पहिलो सातामै ४५ अर्क भन्दा धेरै रकम बाहिरिनुले यस आर्थिक वर्षमा पनि चरम तरलता अभावको संकेत देखापरेको छ । यदि यस वर्ष पनि बैंकिङ प्रणालीमा तरलता थपिन सकेन भने बैंक व्याजदर बढ्नुका साथै कर्जा दिन सक्ने क्षमता पनि घट्नेछ ।

मंगलबार नेप्से सूचक ४४.८० अंकले घटेर २०८८.१६ अंकमा झरेको छ । आइतबार र सोमबार ११५ अंक भन्दा माथिको सुधार रहेकोमा आज एकै दिन ४४.८० अंकले बजार तल झर्यो । सूचकमा गिरावट आए पनि आज तीन अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । आज १५ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा १६५ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

सर्वाधिक धेरै मल्टिपर्पस फाइनान्सको शेयर मूल्यमा सुधार हुने क्रममा सकारात्मक सर्किट लागेको छ । आज पनि सबैभन्दा धेरै शिवम सिमेन्टको शेयर कारोबार भएको छ । सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट आउदा अन्य सूचक ३.५६ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS