Connect IPS
IME Life

बीमा कम्पनीलाई बैंकहरुको चुनौती, बीमा सहित छोटो समयमै निक्षेपको दोब्बरदेखी १० गुणा हुने स्किम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुनै समय लगानीको दोब्बर बनाउन बैंकमा पैसा राखेर हुन्छ बीमा गर्नु पर्छ भनिन्थ्यो । अहिले ठिक उल्टो बीमा गरेर कहिल्यै दोब्बर हुन्छ बैंकमा पैसा जम्मा गर्यो भने ६/७ वर्षमै दोब्बर हुन्छ भन्ने अवस्था आएको छ ।

पछिल्लो समय बैंकहरुले मुद्दती निक्षेपको स्किम सार्वजनिक गर्दे साढे ६ देखि सात वर्षमा निक्षेपको दोब्बर हुनेदेखि लिएर २०/२१ वर्षको अवधिसम्ममा १० गुणासम्मले बढ्ने स्किम सार्वजनिक गरिरहेका छन् । कतिपय बैंकहरुले दुर्घटना बीमा तथा म्यादी जीवन बीमालाई समेत टाइअप गरेर स्किम बनाइरहेका छन् । जहाँ निक्षेपकर्ताले छोटो समयमा निक्षेपलाई दोब्बरदेखि १० गुणाले बढाउनेदेखि लिएर एकै पटक बीमाको सुविधा समेत लिन पाउने छन् ।

Prabhu
Crest

एनआईसी एशिया बैंकले ‘१० हजारबाटै खोल्नुहोस् १० गुणा मुद्दती खाता, १० गुणा प्रतिफल सहित पाउनुहोस् ८४ लाखसम्मको बीमा योजना’ ल्याएको छ । बैंकले मुद्दती निक्षेपमा आकर्षित गर्न बीमाको सुविधा थप गरिदिएको छ ।

बैंकले ५ वर्ष ९ महिना चार दिनमा दोब्बरले बृद्धि हुने जनाएको छ । त्यस्तै ११ वर्ष ६ महिना ६ दिनमा निक्षेप चार गुणा हुने र १९ वर्ष एक महिना १७ दिन १० गुणाले बढ्ने स्कीम ल्याएको छ । मानौ यदि यदि एक जनाले बैंकमा ५ लाख रुपैयाँ निक्षेप जम्मा गर्यो भने त्यो ५ वर्ष ९ महिनामै दोब्बर हुन्छ ।

तर बीमा कम्पनीमा आफ्नो पोलिसी दोब्बर हुन कम्तिमा पनि १५ वर्ष कुर्नु पर्छ त्यस पनि पोलिसी अनुसार यो फरक पर्न जान्छ । बैंकहरुले बीमा कम्पनीहरुलाई नै फ्लप खुवाउने गरी सोहि निक्षेपकर्ताको आवधिक बीमा गरिदिन्छन् । जसको बीमा शुल्क एकदमै कम पर्न जान्छ । एकातिर छोटो समयमै निक्षेपले आकर्षक प्रतिफल दिने भयो भने अर्को तर्फ ट्रम पोलिसी मार्फत बैंकहरुले बीमा कम्पनीहरु सँग टाइअप गरी आकस्मिक दुर्घटना लाभका लागि बीमा पनि गरिदिने भए । यस्तो स्किममा केहि दिनदेखि बैंकहरुविच चर्को प्रतिस्पर्धा नै चल्न थालेको छ । आज मात्रै ग्लोबल आइएमईले यस्तै स्किम सार्वजनिक गरेको छ ।

ठुला ठुला सपनाको साना साना आधार साना साना बचतले गरौ ठुलो सपना साकार भन्दै ग्लोबल आइएमई चक्रवर्ती मद्दती योजना सार्वजनिक गरेको छ । बैंकले यो मुद्दती योजनामा निक्षेपकर्तालाई ६ वर्ष ८ महिना अर्थात ८० महिनामा दुई गुणा प्रतिफल दिनेछ । त्यस्तै निक्षेप कर्ताले १० वर्ष ७ महिना अर्थात १२७ महिनामा तीन गुणा प्रतिफल पाउन सक्ने छन् । १३ वर्ष ४ महिनामा निक्षेप कर्ताले चार गुणा प्रतिफल पाउने छन् ।

सिभिल बैंकले अव समृद्धि सँग सुरक्षा भन्ने नाराका साथ मुद्दती निक्षेपको स्किम ल्याएको छ । सिभिलले निक्षेपकर्ताको निक्षेप १० वर्ष २ दिनमा तेब्बर हुने जनाएको छ । जसमा निक्षेपकर्ताले अजोड इन्स्योरेन्स सँगको सहकार्यमा १० लाख सम्मको दुर्घटना बीमा र रिलायन्स लाइफको सहकार्यमा १० लाखसम्मको जीवन बीमा सुविधा प्राप्त गर्ने छन् । यसरी सिभिलमा १० लाख रुपैयाँ निक्षेप राख्यो भने १० लाखको दुर्घटना बीमा, १० लाखको आवधिक जीवन बीमा र ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् । जुन कुनै नाम चलेको बीमा कम्पनीबाट पनि पाउन सकिदैन ।

एनसिसी बैंकले पनि २४ वर्षमा १० गुणा बढी प्रतिफल आउने गरी एनसिसी प्रफुल्ल मुद्दती खाता सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत र संस्थागत गरी दुई किसिमका योजना सार्वजनिक गरेको छ । बैंकले यस्तो मुद्दती निक्षेपमा निक्षेपको ९० प्रतिशतसम्मको कर्जा सुविधा दिनेछ । जसको न्युनतम मौज्दात एक लाख रहेको छ । परिपक्वता पश्चात एकमुष्ठ रकम पाइनेछ । जसमा ५ लाख सम्मको दुर्घटना बीमा र २ लाख सम्मको घातकरोग बीमा हुनेछ ।

बैंकहरुविचमा यस्तो स्किम ल्याउने तिव्र प्रतिस्पर्धा चलिरहेको छ । बैंकहरुले चक्रिय व्याज हिसाव गरेर यस्तो स्किम सार्वजनिक गरेका हुन् । जहाँ व्याजले व्याज कमाउदै लैजानेछ । बैंकहरुमा निक्षेपको संकट आउने थाले सँगै दीर्घकालिन निक्षेपको लागि यस्तो स्किम सार्वजनिक गर्न थालेका हुन् । जसले बैंकिङ प्रणालीलाई निक्षेप परिचालन गर्न सहज बनाउनेछ । नेपालमा अझै कयौ वर्षसम्म कर्जाको माग अधिक रहने आकलन सँगै बैंकहरुले यस्ता स्किम ल्याउन थालेका हुन् । बैंकहरुले अहिले सार्वजनिक गरेको उक्त स्किममा १० देखि १३ प्रतिशतसम्म व्याजदर राखिएको छ । यसरी ११/१२ प्रतिशत व्याजदरमै निक्षेपकर्ताले राम्रो प्रतिफल पाउन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS