काठमाडौं । शेयर बजारमा लगातार सुधार आउने क्रममा आज एक वटा कम्पनी बाहेक सम्पुर्ण कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । जस मध्ये १२ वटा कम्पनीको सर्वाधिक धेरै बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । जसमा पनि ८ वटा कम्पनीकव शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले सुधार भएको छ ।
आज सकारात्मक सर्किट लाग्नेहरुमा क्रमश नारायणी डभेलपमेन्ट बैंक, मल्टीपर्पस फाइनान्स, सूर्योदय वमी लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रोपावर, मानुसी लघुवित्त र बलेफी हाइड्रोपावर छन् । त्यस्तै सर्किटकै क्रममा रहेका अन्य कम्पनीहरु समृद्धि फाइनान्स, गोर्खाज फाइनान्स, गुह्हेश्वरी मर्चेन्ट, श्री इन्भेष्टमेन्ट, पोखरा फाइनान्स राधि विद्युत छन् ।