Connect IPS
IME Life

मौद्रिक नीति पछि हौसिए लगानीकर्ता, गभर्नर र प्रधानमन्त्रीको ट्युनिङले शेयर बजारमा लगातार सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मौद्रिक नीति पछि शेयर बजारका लगानीकर्ता हौसिएका छन् । हिजो सोमबार ६१ अंकले सुधारिएकोमा आज पनि ५५ अंकले बढेको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले पनि मौद्रिक नीतिको प्रसंसा गरे पछि लगानीकर्ताको मनोविज्ञान बढेको हो । उद्योगी व्यवसायीदेखि लिएर प्रतिपक्षीले समेत यस वर्ष नेपाल राष्ट्र बैंकले समय सान्दर्भिक मौद्रिक नीति जारी गरेको चर्चा गर्दै आइरहेका छन् ।

नेपाल राष्ट्र बैंकले गत वर्ष मौद्रिक नीति मार्फत लिएका कतिपय व्यवस्थाले वित्तीय क्षेत्रमा ठुलो असर पुर्याएको थियो । यस वर्ष पनि गभर्नर महाप्रसाद अधिकारीले बजारलाई पेनिक हुने गरी मौद्रिक नीति सार्वजनिक गर्ने आकलन गरिएको थियो । अर्थमन्त्री जनार्दन शर्माको राजिनामापछि अर्थमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आइरहेका छन् ।

Prabhu
Crest

गभर्नर अधिकारी र शर्माका विचमा धेरै पहिलादेखि विवाद हुँदै आइरहेको थियो । शर्माको बहिर्गमन लगत्तै अधिकारीले प्रधानमन्त्रीको सल्लाहमै मौद्रिक नीति सार्वजनिक गरेकाले पनि यस पटक गभर्नरले कैची लगाउने प्रयास गरेनन् । गभर्नर अधिकारीको पद जोगाइदिएका देउवालाई उनले यस पटक पेल्न सकेनन् । यसले गर्दा पनि अवस्था अनुसार मौद्रिक नीति आएको विश्लेषण गरिएको छ ।

यहि आकलन गत असार २७ गतेदेखि नै हुँदै आइरहेको थियो । त्यसैले असार २७ गतेदेखि शेयर बजार लगातार सुधार हुने क्रममा आजसम्ममा २१५ अंकले सुधार भइसकेको छ । हिजो र आज मात्रै ११५ अंकको सुधार भइसकेको छ ।

सोमबार नेप्से सूचक ५४.४५ अंकले सुधार भएर २१३२.९६ अंक कायम भएको छ । सूचक २.६२ प्रतिशतले सुधार हुँदा कारोबार रकममा पनि उल्लेख्य सुधार देखिन्छ । आज मात्रै ४ अर्ब १० करोडको कारोबार भएको छ । १७६ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा एउटाको मात्रै मूल्य घटेको छ भने १२ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक धेरै बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS