Connect IPS
IME Life

राप्ती हाइड्रोको आईपिओ बाँडफाँड सम्पन्न, २ लाख १७ हजारले पाए शेयर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आज बिहान क्यापिटलकै कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।

आईपिओमा कुल १४ लाख ९१ हजार ७ सय २२ जनाबाट १ करोड ६२ लाख ७६ हजार ६ सय १० कित्ताको आवेदन परेको क्यापिटलले जनाएको छ । जस मध्ये १४ सय २४ जनाको आवेदन रद्द भएको र बाँकि रहेका १४ लाख ९० हजार २ सय ९८ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ ।

Prabhu
Crest

गोलाप्रथाबाट २ लाख १७ हजार ६ सय ९४ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १२ लाख ७४ हजर २८ जना आवेदक हात खाली भएका छन् ।

कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २३ लाख ६६ हजार २ सय ४० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले स्थानीयलाई आईपिओ निष्काशन गर्दा बिक्रि नभएको ३७ हजार ६ सय २३ कित्ता समेत थपेर सर्बसाधारणलाई निष्काशन गरेको हो।

सर्बसाधारणलाई निष्काशन गरिने २३ लाख ६६ हजार २ सय ४० कित्ता मध्ये ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३ सय १२ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । त्यस्तै ३ प्रतिशत अर्थात् ७० हजार ९ सय ८८ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS