काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ११ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । कम्पनीको १३ लाख ६६ हजार ५७२ कित्ता बोनस शेयर सूचिकृत भएको हो । कम्पनीको गत जेठ ६ गते सम्पन्न ७३ औ वार्षिक साधारणसभाले ११ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित ११.५७ प्रतिशत लाभांश पारित गरेको थियो । बोनस शेयर सूचिकृत भए सँगै कम्पनीको शेयर पूँजी एक अर्ब ३७ करोड पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।