IME Life
Beema Board

बैंकास्योरेन्सलाई पुनः लागु गर्न समितिको राष्ट्र बैंकलाई सुझाव, आजको मौद्रिक नीतिमा आउला ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले नेपाल राष्ट्र बैंक समक्ष बैंकास्योरेन्स सेवालाई पुनः लागु गर्न अनुरोध गरेको छ । बीमा व्यवसायलाई थप विस्तारका लागि बैंकास्योरेन्स सेवालाई पुनः सुचारु गर्न नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । विगतमा भएका यस भित्रका कमिकमजोरीलाई हटाउदै पुनः सञ्चालन गर्नु पर्ने पौडेलले बताए ।

नेपाल राष्ट्र बैंकले तीन वर्ष अगाडी यसलाई बन्द गरेको थियो । बैंकहरुले बैंकास्योरेन्सको नाममा ऋणीहरुलाई बीमा गर्न बाध्य पार्न थाले पछि राष्ट्र बैंकले यस सेवालाई नै बन्द गरेको थियो । बीमा समितिले हरेक वर्ष मौद्रिक नीति अगाडी बैंकास्योरेन्स खुला गर्न सुझाव दिने गरेको छ । तर गएका दुई वर्षमा राष्ट्र बैंकले समितिको सुझावलाई स्वीकार गरेन ।

Prabhu
Crest

यस वर्ष पनि समितिले बीमा कम्पनीको आग्रहमा यो नीतिलाई व्युताउन अनुरोध गरेको छ । नेपाल राष्ट्र बैंकले आज अपरान्ह ४ बजे मौद्रिक नीति सार्वजनिक गर्दैछ । विगतका दुई वर्षमा समितिको सुझावलाई नमानेको राष्ट्र बैंकले यस वर्ष के गर्छ हेर्न बाँकी छ । बीमा अभिकर्ताले भने यस्तो नीतिको चर्को विरोध गर्ने गरेका छन् ।

बैंकास्योरन्सले आफ्नो व्यवसाय खोसिने भन्दै उनिहरुले विरोध जनाउने गरेका छन् । तर बीमा व्यवसायको विस्तार गर्नका लागि अभिकर्ता सहित अन्य च्यानललाई पनि खुला गरिनु पर्ने बीमा समितिको तर्क छ । राष्ट्र बैंकले यस वर्ष कर्जा प्रवाह गर्न सक्ने क्षमता घटाउन लागेकोले आम्दानीका अन्य ढोका खोल्नका लागि पनि यस्तो सेवालाई पुन सुचारी गर्न सक्ने सम्भावना पनि उत्तीकै छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS