काठमाडौं । बजार बढ्दा होस् या त घट्दा केहि समयदेखि शिवम् सिमेन्ट लगानीकर्ताको सर्वाधिक धेरैको रोजाइमा पर्ने गरेको छ । यसको कारोबार रकमलाई हेर्दा कयौदेखि देखि सर्वाधिक धेरै कारोबार हुने सूचिमा पहिलो हुँदै आएको छ । आज मात्रै शिवम् सिमेन्टको १७ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ ।
दोस्रो धेरै कारोबार हुनेमा एनआईसी एशिया छ । आज मात्रै बैंकको शेयर ११ करोड २२ लाख रुपैयाँको भएको । तेस्रो धेरै कारोबार हुनेमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । यसको मात्रै ६ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।
अन्य कम्पनीहरुको क्रमश हिमालयन डिष्ट्रिलरीको ६ करोड २ लाख, नेपाल एसबिआई बैंक ४ करोड १२ लाख, अपर तामाकोशीको ३ करोड ८६ लाख, गुराँस फाइनान्स ३ करोड ५४ लाख, नेपाल टेलिकम तीन करोड २३ लाख, नविल बैंक तीन करोड १४ लाख र एशियन लाइफको तीन करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।