Connect IPS
IME Life

आइएमई लाइफले आइपिओ निष्काशन गर्न फेरि गर्यो रेटिङ, पायो सुरक्षाको संकेत गर्ने ट्रिपल बि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशनका लागि पुनः रेटिङ गरेको छ  । कम्पनीले यस भन्दा अगाडी गरेको रेटिङको समय सकिए पछि पुनः रेटिङ गर्नु परेको हो । तत्कालिन अवस्थामा प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिए पनि प्रिमियममा आइपिओ निष्काशन गर्ने होडवाजीले अहिलेसम्म पनि प्रकृयाँ अगाडी बढाउन सकेको छैन ।

आइएमईले आइपिओ निष्काशनका लागि बोर्डमा निवेदन दिए लगत्तै रिलायबल नेपालले प्रिमियममा आइपिओ निष्काशन गर्न निवेदन दिए सँगै कम्पनीले पनि प्रिमियममै आइपिओ निष्काशन गर्ने भन्दै सम्पुर्ण प्रकृयाँ रोकेको थियो । तर नेपाल धितोपत्र बोर्डले बीमा समितिलाई प्रिमियममा आइपिओ निष्काशन गर्न दिन नहुने भन्दै अडान राख्दै आएको छ ।

Prabhu
Crest

बीमा समितले २०७९ चैत भित्र ५ अर्ब रुपैयाँ चुक्ता पूँजी जुटाउन निर्देशन दिएकाले कम्पनी सँग मर्जरको विकल्प छैन । तर आइएमई लाइफले सुरुमा आइपिओ निष्काशन गरेर मात्रै मर्जरमा जान खोजेको देखिन्छ । त्यसैले यो रेटिङ गराएको हो ।

केयर रेटिङ नेपालले गरेको इस्युअर रेटिङ अनुसार कम्पनीले ‘केयर एनपि ट्रिपल बि’ प्राप्त गरेको छ । उक्त रेटिङले यदि समयमा वित्तीय दायित्व पुरा गरेको खण्डमा मध्यम किसिमको सुरक्षाको संकेत गर्दछ ।

आइएमई लाइफमा आइएमई समुहको ५०.९० प्रतिशत शेयर हिस्सा रहेको छ । जसमा चन्द्र प्रसाद ढकाल १६.१६ प्रतिशत, हेम राज ढकालको १६.१६ प्रतिशत, आइएमई बैंकको १४.२९ प्रतिशत र आइएमइ लिमिटेडको ४.२९ प्रतिशत रहेको छ ।

कम्पनीले १२४ वटा शाखा तथा उपशाखा मार्फत जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ । २ अर्ब चुक्ता पूँजी जुटाउन ६० करोड रुपैयाँ आइपिओ निष्काशन गर्ने तयारी गरेको थियो । अव बीमा समितिको नयाँ क्यापिटल प्लानले असर पार्न सक्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS