Connect IPS
IME Life

एनआईसी एशियाको मुनाफा ३८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ३९ रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकको मुनाफा ३८.८६ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ५२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी अघिल्लो आर्थिक वर्षको यहि अवधिमा तीन अर्ब २५ करोड रुपैयाँ थियो । मुनाफामा सुधार सँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि उल्लेख सुधार आएको छ । बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयाँबाट ३९ रुपैयाँ पुगेको छ । बैंकको वितरण योग्य मुनाफा भने २ अर्ब २४ करोड रुपैयाँ छ ।

बैंकले समिक्षा अवधिमा खुद व्याज आम्दानी २७ प्रतिशतले बढाएको छ । बैंकले यस गत आर्थिक वर्षमा ११ अर्ब ७७ करोड रुपैयाँ आर्जन गरेको छ । जवकी अघिल्लो आर्थिक वर्षमा ९ अर्ब २२ करोड रुपैयाँ थियो । यस अवधिमा बैंकको निक्षेप संकलन तथा कर्जा विस्तार भने एकदमै कम छ । बैंकले भइरहेकै व्यवसायबाट राम्रो मुनाफा आर्जन गरेको हो । बैंकले गत २ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि २ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

Prabhu
Crest

बैंकको खराब कर्जा केहि घटेको छ । बैंकले कर्जा असुलामा विशेष जोड दिएका कारण यस वर्ष आकर्षक लाभांश आर्जन गर्न सफल भएको हो । नाफा बढ्नुको अर्को कारण बैंकको स्प्रेडदर बढेको छ । कर्जामा मार्जिन बढाएकाले पनि मुनाफामा उल्लेख सुधार भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS