IME Life
GBIME

शिखर इन्स्योरेन्सका सिइओ दिप प्रकाश पाण्डेयलाई पितृ शोक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेय र नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेयलाई पितृ शोक परेको छ । लखनउ विश्वविद्यालयबाट एमए गरेका  मृतक दुर्गा प्रकाश पाण्डेयले सन् १९५८ देखि १९९४ सम्म विभिन्न पदमा रहेर काम गरेका थिए ।

उनले सन् १९५८ देखि पाटन कलेजबाट लेक्चरर हुँदै सरकारकी सेवा सुरुवात गरेका थिए । त्यस पछि उनि सन् १९६१ मा पर्यटन विभागमा सेक्सन अफिर भए । पाण्डेय १९६६ मा मन्त्रिपरिषद सचिवालयमा उपसचिव थिए । सन् १९७० मा भन्सार विभागका निर्देशक तथा महानिर्देशन भए । सन् १९८२ मा महावाणिज्य दुतावास कोलकाताको महावाणिज्य दूत भएर काम गरे । सन् १९८७ मा पाण्डेय वीरगन्ज चिनी कारखानाको अध्यक्ष तथा महाप्रवन्धक भएका थिए । १९८८ मा पाण्डेय आपुर्ती मन्त्रालयका अतिरिक्त सचिव समेत भएका थिए । यस लगत्तै १९८९ मा आपुर्ती मन्त्रालयकै का.मु सचिव भएर काम गर्ने अवसर प्राप्त गरेका थिए । उनि १९९० मा वाणिज्य मन्त्रालयको सचिव भएर सन् १९९४ मा सेवावाट अवकाश भएका थिए ।

Crest

उनले आफ्नो जीवनकालमा केहि विशेष कार्य समेत गरेका छन् । पाण्डेयले नेपाल भारत वाणिज्य तथा पारवहनसम्बन्धी विषयहरुको सरकारी वार्ता तथा बैठकहरुमा नेपालको तर्फबाट करिव ४२ पटक भाग लिएका थिए । उनको सन् १९७१, १९५८, १९९१ को व्यापार तथा पारवहन सम्धि गर्ने कार्यमा विशेष संलग्नता थियो । नेपाल सरकारले भारतसँग सहयोग तथा समन्वय बढाउन गठन गरेको उच्चस्तरीय टास्कफोर्सको सदश्य भई सन् १९९१ देखि १९९४ सम्म काम गर्ने अवर प्राप्त गरेका थिए ।

पाण्डेयले सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु, सविख्यात त्रिशक्ति पट्ट र दीर्घ सेवा पदक मार्फत सम्मान्नित हुने अवसर प्राप्त गरेका थिए । पाण्डेयका दुई छोरा र एक छोरी छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS