काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा १४५ कम्पनीले ६१ अर्ब ७९ करोड रुपैयाँको बोनस शेयर वितरण गरेका छन् । दोस्रो बजारमा सूचिकृत कम्पनी मध्ये १४५ कम्पनीले गत आर्थिक वर्षमा आफ्ना शेयरधनीहरुलाई बोनस शेयर दिएका हुन् ।
उक्त बोनस शेयर अघिल्लो आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट वितरण गरेका हुन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट अवको केहि दिन पछि लाभांश घोषणा गर्न सुरु गर्ने छन् । गत वर्ष उक्त कम्पनीहरुले ६१ करोड ७९ लाख कित्ता बोनस शेयर सूचिकृत गरेका हुन् ।
उक्त बोनस शेयरमा सर्वाधिक धेरै बाणिज्य बैंकहरुको रहेको छ । गत वर्ष नेपाल राष्ट्र बैंकले बैंकहरुलाई नगद लाभांश वितरणमा रोक लगाएको थियो । राष्ट्र बैंकले नगद लाभांश वितरणमा कडाइ गरे सँगै बैंकहरुले बोनस शेयरमात्रै वितरण गरेका थिए । त्यस्तै माइक्रोफाइनान्सले पनि नगद लाभांश वितरण नगरी बोनस शेयर मात्रै वितरण गरे । उता बीमा समितिले पनि गत वर्ष बीमा कम्पनीहरुलाई नगद लाभांश वितरणमा रोक लगाएको थियो । कम्पनीहरुले अघिल्ला आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर वितरण गरेका थिए ।
हेर्नुहोस् कुन कम्पनीको कति