Connect IPS
IME Life

बजार सुधार हुँदा लगानीकर्ताको सर्वाधिक रोजाइमा परेका १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार १६.२० प्रतिशतले सुधार हुँदा आज सर्वाधिक धेरै शिवम सिमेन्टको कारोबार भएको छ । पछिल्लो केहि समयदेखि शिवम सिमेन्टमा लगानीकर्ताको आकर्षण देखिदै आएको छ । शिवमको मात्रै आज १५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।

दोस्रो धेरै कारोबार हुनेमा एभरेष्ट बैंकको १० करोड रुपैयाँको कारोबार भएको छ । नेपाल धितोपत्र बोर्डले बैंकको दुई वटा ऋणपत्र स्वीकृत गरे सँगै दोस्रो बजारमा भने लगानीकर्ताको आकर्षण देखिएको हो । तेस्रो धेरै कारोबार हुनेमा हिमालयन डिष्ट्रिलरी रहेको छ । यसको ८ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ । गत वर्ष आकर्षक लाभांश दिएको हिमालयन डिष्ट्रलरीले यस वर्ष पनि राम्रो लाभांश दिने अपेक्षामा कारोबार बढिरहेको छ ।

Prabhu
Crest

चौथो धेरै कारोबार हुनेमा एनआइसी एशिया बैंक परेको छ । बैंकको ६ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । नाफामा दोस्रो नम्बरमा रहेको र गत वर्ष लाभांश दिन नपाएको एनआईसी एशियाले यस वर्ष बप्पर लाभांश दिने हल्लाले कारोबार र शेयर मूल्य दुबै बढिरहेको छ ।

सर्वाधिक धेरै कारोबार हुनेमा बाँकी कम्पनीहरु अरुण काबेली ५ करोड ९४ लाख, अपि पावर ५ करोड ४६ लाख, गुराँस फाइनान्स ५ करोड ३४ लाख, आइसिफएसी ५ करोड १८ लाख, नेपाल टेलिकम ५ करोड ७ लाख र अपर तामाकोशीको ४ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS