Connect IPS
IME Life

शेयर बजार दोहोरो अंकले बढ्दा सर्वाधिक धेरै बढेका १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सोमबार नेप्से सूचक १८.०३ अंकले सुधार हुँदा सर्वाधिक धेरै बरुण हाइड्रोपावर इमर्जिङ नेपालको शेयर मूल्य बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । मूल्य समायोजन पछि घटेको दरमा शेयर खरिद गर्नेको आकर्षणले आज बरुणको शेयर मूल्यमा सर्किट लागेको ।

चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पनि ६.०६ प्रतिशतले सुधार भएको छ । अन्य कम्पनीहरु अपि पावर, तारागाँउ रिजेन्सी, ओरियण्टल होटल, सिङ्गटी हाइड्रो, सोल्टी होटल, नेपाल हाइड्रो र एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सर्वाधिक सुधार देखिएको छ ।

Prabhu
Crest

प्रधानमन्त्री तथा अर्थमन्त्री शेयर बहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नरलाई बर्खास्त गरेर निलम ढुङ्गानालाई कार्यबहाकको जिम्मेवारी दिने हल्लाले आज शेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । यहि बैठकमा प्रधानमन्त्री देउवाले निलम ढुङ्गानालाई कार्यबहाक बनाउने चर्चा बाहिरिएको छ ।

शेयर बजार विरोधी गभर्नरको उपमा पाएका महाप्रसाद अधिकारीलाई हटाउने, बर्खास्त गर्ने जस्ता चर्चाले पनि विगतका दिनमा शेयर बजार प्रभावित हुने गरेको थियो । सोमबार नेप्से सूचक १८.०३ अंकले बढेर २०२९.४३ अंक कायम भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS