काठमाडौं । प्रधानमन्त्री तथा अर्थमन्त्री शेयर बहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेर निलम ढुङ्गानालाई कार्यबहाकको जिम्मेवारी दिने हल्लाले आज शेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । यहि बैठकमा प्रधानमन्त्री देउवाले निलम ढुङ्गानालाई कार्यबहाक बनाउने चर्चा बाहिरिएको छ ।
शेयर बजार विरोधी गभर्नरको उपमा पाएका महाप्रसाद अधिकारीलाई हटाउने, निलम्बन गर्ने जस्ता चर्चाले पनि विगतका दिनमा शेयर बजार प्रभावित हुने गरेको थियो । सोमबार नेप्से सूचक १८.०३ अंकले बढेर २०२९.४३ अंक कायम भएको छ ।
आज सर्वाधिक धेरै बरुण हाइड्रोपावर र इमर्जीङ नेपालको शेयर मूल्य बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक धेरै कारोबार भने शिवम् सिमेन्टको भएको छ । आज व्यापार र म्युचुअल फण्ड बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार आएको छ ।