Connect IPS
IME Life

गुराँस लाईफको बीमितले २० देखि ७५ रुपैयाँसम्म बोनश पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।  गुराँस लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६।७७ को लागी बीमालेख बोनश दर सार्वजनिक गरेको छ । बीमा समितिबाट असार ३० गते बीमांकी मूल्यांकन स्वीकृत भएपछि कम्पनीले बोनश दर सार्वजनिक गरेको हो ।

घोषित बोनश दरमा न्यूनत्तम २० रुपैयाँ देखि अधिकत्तम ७५ रुपैयाँसम्म रहेको छ । सबैभन्दा थोरै गुराँस सुरक्षित भविष्य जीवन बीमा९सावधिक तथा आजीवन० मा ० देखि १४ वर्ष अवधिको बीमालेखमा २० रुपैयाँ रहेको छ । त्यस्तै सावधिक जीवन बीमालेख र बालबालिकाको सावधिक जीवन बीमालेखमा २५ वा सो भन्दा बढी अवधिको लागी जारी बीमालेखमा ६८ रुपैयाँ बोनश दर घोषणा गरिएको छ । २५ वर्ष र सोभन्दा बढी अवधिको सावधिक जीवन बीमालेख १ हजार ६ सय ६९ वटा र बालबालिको सावधिक जीवन बीमालेख १ हजार ७ सय ९ वटा जारी गरेको छ ।

Prabhu
Crest

सावधिक बीमालेख र बालबालिकाको सावधिक बीमालेख समान बोनश दर घोषणा गरिएको छ । ० देखि १४ वर्षको लागी ३३, १५ देखि १९ वर्षको लागी ३५ र २० देखि २४ वर्षको लागी ४३ रुपैयाँ बोनश दर रहेको छ । सवाधिक तथा आजीवन बीमालेखमा १४ वर्षसम्मको अवधिको लागी ४० रुपैयाँ, १५ देखि १८ वर्षे अवधिको लागी ४५ रुपैयाँ र २० देखि २४ वर्षे अवधिको लागी ५० रुपैयाँ रहेको छ । २५ वा सोभन्दा बढी वर्षको लागी ७५ रुपैयाँ रहेको छ ।

अग्रिम भुक्तानी सावधिक अन्तर्गत १४ वर्षसम्मको ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको ४३ रुपैयाँ रहेको छ । वार्षिक नगद फिर्ता बीमा योजनामा १४ वर्षसम्म ३० रुपैयाँ, १५ देखि १९ वर्ष ३६ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको लागी ३८ रुपैयाँ बोनश दर घोषणा गरिएको छ ।

गुराँस सुरक्षित भविष्य जीवन बीमा सावधिक तथा आजीवनमा १५ देखि १९ वर्षे अवधिको २५ रुपैयाँ, २० देखि २४ वर्षे अवधिको ३१ रुपैयाँ र २५ वर्षे वा सोभन्दा बढी अवधिको ३७ रुपैयाँ बोनश दर रहेको छ ।

बीमितलाई बीमालेख जारी गरिएको अवधिको आधारमा प्रति हजार बीमांकमा प्रति वर्षको बोनश गणना गरेर भुक्तानी दिंदै आएका छन् । उदाहरणको लागी कुनै बीमितले १५ वर्षे अवधिको लागी सावधिक जीवन बीमालेख खरिद गरेको छ भने आ।व। ७६।७७ को लागी ती बीमितलाई रु।१ हजार बीमांकमा ३५ रुपैयाँ बोनश रकम जीवन बीमा कम्पनीले उपलब्ध गराउँछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS