SKIP THIS

MLBL
IME Life
Beema Board

नेपाल लाइफबाट चौधरीको भव्य बिदाई

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रहेका सुशिल कुमार चौधरीको आइतबार एक विशेष समारोहमा सम्मान सहित बिदाई गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत पदमा प्रविन रमण पराजुलीको नियुक्तिको लागी संचालक समितिले सिफारिश गरेलगत्तै चौधरीले कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामाको घोषणा गरेका थिए । उनको सम्मान्मा नेपाल लाईफका अध्यक्ष गोविन्दलाल संघाईले सम्मान् तथा बिदाई कार्यक्रमको अयोजना गरेका छन् ।

Prabhu
Crest

नेपाल लाईफमा चौधरीले २१ वर्ष सेवा गरेका छन् । राष्ट्रिय बाणिज्य बैंकमा २५ वर्ष काम गरेका चौधरी २०५८ साल असार ११ गते नेपाल लाइफमा भित्रिएका थिए ।

नेपाल लाइफका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले राजिनामा दिए लगत्तै कम्पनीले चौधरीलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । नेपाल लाइफले प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुलीलाई नियुक्ति गर्ने निर्णय गरे सँगै चौधरीले बाहिरिएका हुन् ।

व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका चौधरीले बैंक र बीमा क्षेत्रमा गरी झण्डै पाँच दशक विताए । बैंक र बीमा क्षेत्रमा धेरै लामो समय काम गरिसकेको चौधरीले स्वेच्छिक रुपमा अवकास लिने निर्णय गरेको जानकारी दिए । नेपाल लाइफको दुई दशकको जागिरे जीवनमा चौधरीले आफुलाई सेल्स एण्ड मार्केटिङमा आफुलाई स्थापित गर्न सफल भए । नेपाल लाइफमा सर्वाधिक अनुभवीको सूचिमा पर्ने चौधरीले आफुलाई सेल्स र बीमा पोलिसीमा बिज्ञको रुपमा स्थापित गर्न सफल रहे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS