Connect IPS
IME Life

अहिलेसम्म मर्जरका लागि फोर्स गरेका छैनौ, चैत पछि त्यो दिन आउछ : अध्यक्ष सूर्य प्रसाद सिलवाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज मैले पनि गर्वका साथ यहाँ उभिएर यो मुलुकको खास गरेर चाँही वित्तीय स्थायित्वमा योगदान दिने कार्यक्रम हुन सकेको छ । त्यसको लागि म आफैलाई गौरभ भएको अनुभुति गरिरहेको छु । त्यो अनुभुति दिलाउन यहाँहरुले गर्नुभएको मिहिनेतका लागि धन्यवाद दिन चाहन्छु । नीति बीमा समितिको भएता पनि यसको कार्यान्वयन गर्ने भनेको बीमा कम्पनीले हो । संयुक्त मर्जर कमिटिले जे गर्नु भएको छ उदाहरणीय काम गर्नु भएको छ । यहाँहरुलाई धेरै धेरै बधाइ दिन चाहन्छु ।

म बीमा क्षेत्रको धेरै विज्ञ मानिस होइन । तर समग्र मुलुकको अर्थतन्त्रलाई बुझेको छु । मेरो आफ्नै करिअरमा सरकारमा ३१ वर्ष काम गरेको अनुभव पनि छ । विभिन्न मन्त्रालय विभिन्न पदमा बसेर काम गरेको छु । त्यसैले समग्र अर्थतन्त्रको अवस्था के हो र कहाँनेर ट्रिगरिङ गर्नुपर्छ भन्ने कुरामा मलाई राम्रो जानकारी छ ।

Prabhu
Crest

म बीमा समितिमा आउदै गर्दा यहाँ दुई वटा कुरा सबैभन्दा धेरै चर्चामा थियो । एउटा चर्चा हामीकोमा धेरै संख्यामा बीमा कम्पनीहरु खुल्यो भन्ने थियो । बीमा समितिमा यो अध्यक्ष आयो अव सरकारले भने अनुसार लाइसेन्स जारी गर्छ भन्ने चर्चा धेरै थियो । त्यसकारणले बीमा कम्पनीको संख्या कमसेकम कुनै अध्ययनमा आधारित हुनु पर्थ्यो ।

दोस्रो चर्चा बीमा कम्पनीहरु धेरै छन् तर भाग लगाउने ठाउँ सानो छ त्यसैद्ये गर्दा खोसा खोस गरेर खानु पर्छ भन्ने थियो । कसरी कति खोस्न सक्छ त्यस प्रयासमा हामी पनि छौ है भन्ने थियो । हामीले गरेका निरिक्षणले पनि त्यहि देखियो । हामीले गरेका कारबाहीले पनि देखियो ।

यसलाई सुधार गर्ने क्रममा हामीले अध्ययन गर्दै जादा अझै पनि हामी एकिन छैनौ । तर अध्ययन चाँही हुन्छ । हामी के कुरामा एकिन छैनौ भने हाम्रो नेपालको भुगोलमा कति वटा निर्जीवन बीमा कम्पनी ठिक हुन्छ र कति वटा जीवन बीमा कम्पनी ठिक हुन्छ अर्थात अधिकतम कति संख्यामा उपयुक्त हुन्छ भन्ने अध्ययन गरेका छैनौ । तर यहाँ म विश्वास दिलाउछु, यो वर्ष त्यो अध्ययन हुन्छ ।

हाम्रो समस्या के भयो भने, एकातिर पूँजीको आधार एकदमै सानो भयो । हाम्रा जोखिमहरु हामीले बहन गर्नु पर्ने दायित्वहरु बढ्दै गए । त्यसमा पनि हाम्रो विचको अस्वस्थ प्रतिस्पर्धाले हामीलाई के गर्यो भने २ रुपैयाँमा हामी डोजरको बीमा गर्न थाल्यौ । हामीले प्रत्येकलाई प्रसन्न बनाउन खोज्यौ । हाम्रो खर्चलाई काटेर हामी कसरी सर्भाइभ हुने भन्ने हेक्का राखेनौ ।

हामीलाई जसरी भए पनि कारोबारको आकार बढाएको देखाउनु पर्यो ताकी रिटेन्सन भइराखोस् भन्ने मान्यतामा चल्यौ । यसले गर्दा सिङ्गै बीमाको बजार बदनाम भयो । बीमा प्रतिको विश्वसनियता सर्वसाधारणमा मात्रै होइन सरकारमा पनि रहेन । सरकारले पनि बीमा कम्पनीको कुनै मिटिङ हुन थालेको बेलामा सरकारमा रहेका व्यक्तिले पनि पैसा नदिने बीमा भन्न थाले । यसलाई परिवर्तन गर्न आवस्यक थियो ।

यसका लागि एक दुई वटा काम गर्न जरुरी थियो । पहिलो काम बीमा कम्पनीहरुले आफै भित्र संस्थागत सुशासन कायम गर्नु पर्यो । सुशासनका सिद्धान्तहरुलाई मूल्य मान्यतालाई हामीले मान्छौ भनेर हिड्नु पर्यो । त्यसको लागि पछाडी पर्ने भनेको बीमा समिति हो । त्यो कुन कुन रेगुलेसनहरुलाई कुन कुन सुशासनका मान्यताहरुलाई कम्पनीले मानेन भनेर हामीले अनुगमन सुरु गर्यौ ।

दोस्रो हाम्रो अर्को बदनामीको कारण के थियो भन्दा, हाम्रो आकार असाध्यै सानो भयो । पाँच वर्ष अगाडी घोषणा गरिएको पूँजी बल्ल बल्ल एक वर्ष अगाडी पुर्याइएको छ । अव पाँच वर्ष अगाडीको पैसा सँग तुलना गर्यौ भने त्यो उपयुक्त हुँदैन । अव कम्पनीको पूँजी बढाएनौ भने कम्पनीले दायित्व तिर्न सक्दैन ।

कम्पनीले आफुलाई विस्तार पनि गर्न सक्दैन् । कम्पनीले इनोभेसनमा पनि जान सक्दैन्, कुनै अनुसन्धानको काम गर्न सक्दैन भन्ने हाम्रो निष्कर्ष रह्यो । त्यही निष्कर्षलाई आधार बनाएर हामीले के निर्णय गर्यौ भने हामीले अव अहिलेको अवस्थामा एक वर्ष भित्रमा हाम्रो पूँजीको साइज यति भए पछि ५ वर्ष अगाडी तय भएको पूँजी बराबर हुन्छ । त्यसकारणले अहिले निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब पूँजी कायम गर्नु पर्यो ।

पूँजी बढाउनका लागि हामीले तपाईहरु सँग सँगै कार्ययोजना पेश गर्न आह्वान गर्यौ । कसरी पूँजी पुर्याउनु हुन्छ ? हामीले खुसिका साथ भन्नु पर्छ धेरै कम्पनीबाट मर्जरलाई प्राथमिकता दिएर हाम्रोमा कार्ययोजनाहरु पेश भयो ।

केहिले हामीले भनेका कुराहरुलाई अलि हल्का रुपमा लिएका थिए । अहिले उनिहरु पनि मर्जरमा गएका छन् । ५ वर्षमा पूँजी पुर्याउछु भन्ने पनि कम्पनी थिए । त्यस्तो आट गर्ने कम्पनी पनि भेटिए । कतिपय कम्पनीले चाँही हामी मर्जरमा जान्छौ यो नै विकल्प हो भन्ने थियो । यसका धेरै आधार थिए । विचमा हामीले दुई तीन तहमा सबै सञ्चालक ज्यूहरु, अध्यक्ष ज्यूहरु, सिइओ सापहरु सबै सँग बसेर हामीले हाम्रो कुरा राख्यौ  र उहाँहरुको कुरा सुन्यौ ।

हामीले कहि पनि मर्जर गर्नु पर्छ भनेर फोर्स गरेका छैनौ । त्यस दिन त अव चैत ११ गते पछि आउछ । अहिलेसम्म त स्वेच्छाले पूँजी पुर्याउने अथवा तपाईहरुले भनेको मर्जरमा जानुहोस् । हामीले के सपोर्ट गर्नु पर्छ हामी त्यसका लागि तयार भएर बसेका छौ ।

तपाईहरुलाई गुनासो गर्न दिने ठाउँ हामीले छाडेका छैनौ । हामीले गर्ने प्रयास गरिरहेका छौ अझ बेलुकासम्म बसेर चिठ्ठी इस्यु गर्ने काम गरेका छौ । यो हामी सबैले गरेर भएको जित हो । सामान्य कम्पनीले मात्रै गरेर जित भएको होइन ।

बीमा समितिले पनि मिहिनेत गरेको विषय हो । त्यस कारणले यो बाटोमा हामी सहकार्यमा छौ । अझै पनि तपाईहरुलाई गर्नु पर्ने सपोर्ट गर्न तयार छौ । हिमालयन एभरेष्टले यति छोटो अवधिमा संयुक्त कारोबार गर्दैछ । यसले धेरै अवधारणा, भ्रम, परिकल्पना, सिद्धान्तलाई तोडेर अगाडी आयो । मर्जर हुन सक्छ भन्ने मान्यतालाई स्थापित गर्यो ।

समान काम, समान पूँजी, समान स्थापनाको समय, समान कारोबार भएका कम्पनीहरुले चाहेमा मर्जर हुन्छ । यो कम्पनीले चाहने होइन मान्छेले चाहने हो । हाम्रो मनस्थितिले चाहेमा मर्जर गर्न सक्छौ ।

अव दुई वटा कुराले हाम्रो विश्वसनियता बढाउछ । भारतको बजारमा त्यति ठुलो भुगोलमा बीमाको संख्या र हाम्रो यति सानो भुगोलमा भएको बीमाको संख्या उनिहरुको पुहँच र हाम्रो यति धेरै संख्यामा हुँदा हाम्रो पहुँच यस अन्तरलाई हामीले हटाउनु पर्छ । यो अन्तरलाई हटाउन हामीले दुई वटा काम गर्नु पर्छ हामी सँग पूँजी भए हामीले लगानी गर्ने हो । हामीले पूँजी भए पछि इनोभेसनका कुरा सोच्ने हो । पूँजी भयो भने कम्पनीको क्षमता बृद्धि गर्ने हो । हामीले हामीलाई क्षमतावान बनाएर प्रविधि मैत्री हुँदै अवको मार्केटलाई क्याप्चर गर्नु पर्ने अवस्था हो ।

अव सहरमा बसेर मोटर चढेर कसैले बीमा गर्न आउदैन । त्यस कारणले हामीले पुग्नु पर्ने ठाउँ छ । बीमा समितिले पुग्नु पर्ने ठाउँ देखाइरहेको छ । पैसा तल छ । पैसा स्थानीय तहसँग छ । पैसालाई ठिक ठाउँमा ल्याएर प्रयोग गर्ने खालेको वातावरण बनाउनु पर्छ । हाम्रो सरकारले बीमा बुझेन । सरकारले कुरा बुझेन भने जनताले कसरी बुझ्छ ? बीमा कम्पनीले सरकार सँग विश्वास जितेर पोलिसी लिनु पर्छ ।

मर्जरमा नगएका कम्पनीलाई के हुन्छ ?

एक ठाउँमा साढे दुई अर्बको पूँजी छ अर्को ठाउँमा एक अर्ब पूँजी छ । साढे २ अर्ब पूँजी भएको कम्पनीले आफ्नो पूँजी बराबरको जोखिम लिन पाउछ । अव एक अर्ब मात्रै पूँजी भएको कम्पनीले आफ्नो क्षमता भन्दा बढी व्यवसाय लिन पाउदैन । लिएको छ भने घटाउनु पर्छ । यसको अध्ययन हामी गर्छौ ।

विद्यमान पूँजी भएका कम्पनीले कति जोखिम लिन पाउने हो हामी अध्ययन गर्छौ । हामीले बीमा कम्पनीको क्षमता बृद्धि गर्न खोजेका हौ । स्वदेश भित्रकै बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीको क्षमता विकास होस् ।

मर्जर पछि अव पोलिसीमा प्रतिस्पर्धा हुनु पर्छ । अव व्यवसायमा प्रतिस्पर्धा हुँदैन । बीमा कम्पनीले आफ्ने  सेवालाई डिजिटलाइज गर्नु पर्यो । अव एउटाको पोलिसी अर्कोले कपि गरेर चल्दैन । पोलिसीमा अध्ययन गर्नु पर्यो । यसरी नै अगाडी बढियो भने अवको ७ वर्षमा हामीले बैंकलाई उछिन्छौ । आजैका दिनमा पनि हामी सँग ६ खर्बको कोष छ । निर्जीवन बीमा कम्पनीको अझै कम छ । निर्जीवन बीमा व्यवसाय वैदेशिक व्यापार बनिरहेको छ । ‍अव बढेको पूँजीको उपयोग गर्नु पर्यो । एक करोड पूँजीले २ अर्ब व्यवसाय गरिरहनु भएको छ भने अव साढे दुई अर्व पूँजीले ५ अर्ब भन्दा माथिको व्यवसाय गर्नु पर्यो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS