IME Life

स्वास्थ्य बीमा कार्यक्रमको हिसाबकिताबमा गोलमाल

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड मार्फत् संचालन भइरहेको स्वास्थ्य बीमा कार्यक्रमवापत संकलित बीमाशुल्कको हिसाबकिताब गोलमाल देखिएको छ ।

महालेखा परीक्षकले गरेको लेखा परीक्षणको क्रममा लेखा शाखाबाट प्राप्त तथ्यांक र सूचना प्रणालीबाट प्राप्त तथ्यांक मेल नखाएको हो ।
बोर्डले बीमा कार्यक्रममा आवद्ध सर्वसाधारणबाट आ.व. २०७७।७८ मा बीमाशुल्कवापत ४ अर्ब ४ करोड ४७ लाख रुपैयाँ संकलन गरेको एकीकृत सूचना प्रणाली सफ्टवेयरमा उल्लेख छ । तर लेखा शाखाले उपलब्ध गराएको तथ्यांकमा बीमाशुल्कवापतको आम्दानी जम्मा ३ अर्ब ६७ करोड ५९ लाख रुपैयाँ देखाएको छ ।

Prabhu
Crest

त्यसैगरी दाबी भुक्तानीवापतको खर्च लेखा शाखाले ४ अर्ब ८२ करोड ८९ लाख रुपैयाँ उल्लेख गरेको छ । एकीकृत सूचना प्रणाली सफ्टवेयरका अनुसार दाबी भुक्तानीवापतको खर्च ४ अर्ब ८३ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

लेखा शाखा र सूचना प्रणाली सफ्टवेयरमा फरक फरक तथ्यांक देखिएको हुँदा हिसाबमा गोलमाल भएको हो । महालेखा परीक्षकले लेखा शाखा तथा सूचना प्रणालीले देखाएको फरक हिसाब सम्बन्धमा यकीन गरिनुपर्ने सुझाव दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS