Connect IPS
IME Life

मधेश प्रदेशका बीमक सँग बीमा समिति, उधारो बीमालाई शून्यमा झार्न निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिको मधेश प्रदेश कार्यालय वीरगञ्ज शाखाले निर्जीवन बीमा कम्पनीका प्रादेशिक कार्यालयका प्रमुख तथा शाखा प्रमुखहरु सँग बीमा सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बीमा समितिको प्रादेशिक कार्यालय अन्तर्गत सञ्चालनमा आएको मधेश प्रदेश कार्यालय वीरगञ्जमा प्रदेश प्रमुख उपनिर्देशक कुसुम शर्मा, सहायक निर्देशक टेकराज पाण्डेय र कर्मचारी हरेराम श्रेष्ठको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित प्रादेशिक कार्यालयका प्रमुख तथा शाखा प्रमुखहरुहरुले बीमा समितिले यस प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्दा अभिभावकत्व प्राप्त गरेको भन्दै खुशी व्यक्त गरेका थिए । कार्यक्रममा प्रदेश प्रमुख शर्माले यस क्षेत्रमा समितिको कार्यालय स्थापना हुनुको कारणबारे प्रष्ट पार्दै बीमा समितिको स्थापना गर्नुको मुल उद्देश्य नेपालमा बीमा व्यवसायलाई व्यवस्थित, विकसित, नियन्त्रित गर्नु रहेको बताइन् ।

Prabhu
Crest

यस क्षेत्रमा सञ्चालित सम्पुर्ण बीमा कम्पनीले समितिबाट समय समयमा जारी ऐन, नियम, निर्देशन र परिपत्रहरुको सिमा भित्र रहेर आफ्नो बीमा व्यवसायलाई स्वस्थ प्रतिस्पर्धाका साथ सञ्चालन गर्न सुझाव दिएकी छिन् । उनले बीमा प्रति आम नागरिकको विश्वास जित्ने गरी काम गर्न र दाबी भुक्तानी प्रकृयालाई सहज रुपमा भुक्तानी गर्ने गरी काम गर्न समेत निर्देशन दिएकी छिन् । साथै उधारो बीमालाई शुन्यमा झार्ने गरी कार्य गर्न सुझाव दिएकी छिन् ।

साथै उक्त कार्यक्रममा समितिका सहायक निर्देशक टेकराज पाण्डेयले कृषि तथा पशुपन्छी बीमाका सम्बन्धमा कृषकहरुबाट धेरै गुनासोहरु आउने गरेको हुँदा आगामी दिनहरुमा त्यस्तै गुनासाहरु बीमा समितिमा नआउने गरी कार्य गर्न र बढी बढी बीमाङ्क कायम हुने गरी बीमालेख जारी नगर्न समेत ध्यानाकर्षण गराएका थिए ।

उक्त कार्यक्रममा सहभागी बीमा कम्पनीका कर्मचारीहरुले यस क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई अण्डरराइटिङ्ग सम्बन्धी तालिमको आवश्यकता रहेको र त्यस्तो तालिम छिट्टै नै गर्न पाए बीमामा हुने गुनासाहरु केहि हदसम्म भए पनि समाधान हुने कुरा राखेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS