Connect IPS
IME Life

आर्थिक वर्ष २०७८/७९ : लगानीकर्ताले सर्वाधिक धेरै कमाएर गुमाए, अन्तिम दिन ७.९३ अंकको सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ शेयर बजारका लागि सर्वाधिक सुखद र सर्वाधिक दुखद दुबै अवस्थामा वितेको छ । यस आर्थिक वर्षमा शेयर बजारले सर्वाधिक उचाइ चुम्न सफल भयो । गत भदौ २ गते नेप्से सूचक इतिहासकै सर्वाधिक धेरै ३१९९ अंकसम्म पुग्यो । जतिवेला शेयर बजारका लागि सबैभन्दा धेरै सुखद अवस्था थियो ।

यस आर्थिक वर्षको पुर्वार्ध जति सुखद रुपमा वित्यो उत्तरार्ध त्यो भन्दा धेरै गुणा दर्दनाक बन्यो । १० महिनाको अवधिमा लगानीकर्ताले १३५१ अंकले गुमाउनु पर्यो । बजार पूँजीकरणका आधारमा यसै आर्थिक वर्षमा लगानीकर्ताले १७ खर्ब भन्दा माथिको सम्पत्ती गुमाउनु पर्यो । रकमका हिसावले नेप्सेको इतिहासमा यतिधेरै गुमाएको रेकर्ड छैन । नेप्से सूचक सर्वाधिक उचाइको दिन बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब रुपैयाँ थियो । लगानीकर्ताको यस्तो सम्पत्ती ४४ खर्बबाट २७ खर्बमा झर्यो ।

Prabhu
Crest

छोटो अवधिमा लगानीकर्ताले यति धेरै गुमाउदा लगानीकर्ताहरु आमरण अनसनसम्म बस्नु पर्यो । लगानीकर्ता तिलक कोइराला यस वर्ष पूँजी बजारको सुधारको माग राख्दै १० दिन आमरण अनसन बसे । नेपाल धितोपत्र बोर्डले उनको माग पुरा गर्ने प्रतिवद्धता दिए सँगै उनले आमरण अनसन तोडेका थिए ।

शेयर बजार यति धेरै बढ्नुको पछाडी कोभिड १९ थियो । सरकारले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गर्दा आयात लगभग ठप्प भयो । पर्यटन होटलदेखि लिएर सम्पुर्ण व्यापार व्यवसाय ठप्प जस्तै भयो । लगानीकर्ताले उक्त समयलाई सदुपयोग गर्दै आफ्नो सम्पुर्ण स्रोत साधन शेयर बजारमा प्रयोग गरे । परिणाम शेयर बजारले सर्वाधिक माथिल्लो विन्दुको रेकर्ड बनायो ।

जव कोभिड १९ को प्रभाव विस्तारै कम हुँदै गयो यस अगाडी बजार छिरेका लगानीकर्ताहरुले शेयर बिक्री गरेर बाहिरिन थाले । उनिहरु शेयर बजारबाट बाहिरिने क्रम सँगै नेप्से सूचक पनि लगातार ओरालो झर्यो । यसलाई नेपाल राष्ट्र बैंकले सबैभन्दा धेरै साथ दियो । लगानीकर्ताले लिदै आएको शेयरधितो कर्जालाई ४/१२ करोडको सिमामा झार्नेदेखि लिएर सरकारलाई असफल बनाउन गभर्नर महाप्रसाद अधिकारीले ल्याएका कतिपय पूर्वाग्रही नीतिले शेयर बजार लगातार ओरालो झार्न सबैभन्दा धेरै मद्दत पुर्यायो ।

अहिलेको अवस्थामा लगानीकर्ताहरु सबैभन्दा धेरै पिडामा छन् । अर्को तर्फ संस्थागत लगानीकर्ताहरुले करोडौ रुपैयाँको प्रभिजनिङ गर्नु परेको छ । नेप्से सूचक सर्वाधिक विन्दुमा हुँदा शेयर खरिद गर्ने संस्थागत लगानीकर्ताहरु अहिले करोडौ रुपैयाँको प्रोभिजनिङ गर्नु परिरहेको छ ।

संस्थागत तथा सर्वसाधारण लगानीकर्ताले यस साता शेयर बजारमा राम्रो सुधार हुने अपेक्षा गरेका थिए । तर लगानीकर्ताले अपेक्षा गरेअनुसार शेयर बजार सुधार हुन सकेन । यस अवधिमा बैंकिङ तरलता अभाव पनि बजार घट्नुको प्रमुख कारण बन्यो ।

विगत तीन महिनादेखि बैंकहरुले नयाँ कर्जा प्रवाह गर्न सकिरहेका छैनन् । सिडी रेसियो ९० प्रतिशतमा झार्न बैंकहरुले नयाँ कर्जा प्रवाह गर्न नसकेका हुन् । यदि नेपाल राष्ट्र बैंक सिडी रेसियो लगायतका केहि सूचकमा चलिलो बन्यो भने बैंकहरुले सजिलै कर्जा प्रवाह गर्न सक्नेछन् । त्यसैले अवको साउन महिनामा शेयर बजारमा केहि सामान्य सुधार देखिने अपेक्षा गरिएको छ ।

असार अन्तिम सातामा शेयर बजार धेरै नै सुधार हुने अपेक्षा गरिएको थियो । तर नेपाल धितोपत्र बोर्डले ब्रोकरको लाइसेन्स सम्बन्धित नयाँ व्यवस्थाको लागि सरकार समक्ष  धितोपत्र दलाल, धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संशोधन प्रस्ताव पेश गरेको छ । यहि प्रस्ताव अगाडी बढे सँगै ब्रोकरहरुले बजारमा पेनिक अवस्था सिर्जना गर्दा बजार बढ्नुको सट्टा घट्यो ।

यस आर्थिक वर्षको अन्तिम दिन नेप्से सूचक ७.९३ अंकले बढेर बन्द भएको थियो । यस वर्षको अन्तिम विन्दु २००९.२६ अंक कायम भएको छ । कारोबार सुरु भएदेखि ने तिव्र उतारचढावका विचमा शेयर बजार हरियो भएर बन्द भएको छ । ब्रोकरको समुह घटाउन खोज्ने र अन्य संस्थागत लगानीकर्ता बढाउन खोज्ने अवस्था रह्यो ।

यस अवधिमा एक अर्ब ४५ करोड रुपैयाँको कारोबार भयो । आज सबैभन्दा धेरै ऋणपत्र तथा म्युचुअल फण्डमा सुधार देखियो । कम्पनी तर्फ भने सामुदायिक लघुवित्तको शेयर ८.७१ प्रतिशलते बढ्यो । सत प्रतिशत हकप्रद शेयर घोषणा गरेको अपर तामाकोशीको सबैभन्दा धेरै १९ करोड रुपैयाँको कारोबार भयो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS