Connect IPS
IME Life

असार मसान्तमा बीमा कम्पनीको कारोबारमा समितिले लाईभ मनिटरिङ गर्न नपाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई कोर डाटाबेसमा सिधै पहुँच दिन जारी गरेको निर्देशन तोकिएको समयसीमाभित्र कार्यान्वयनमा नआउने भएको छ ।

बीमा समितिको सिस्टम सेक्युरिटी विश्वासिलो हुन नसकेको र अनधिकृत पहुँचका कारण बीमितको गोपनियता खतरामा पर्न सक्ने सम्भावनाका कारण बीमा कम्पनीको उच्च व्यवस्थापन हच्किएको छ ।

Prabhu
Crest

सम्बद्ध श्रोतका अनुसार सीमित कम्पनीले मात्र एपिआई तयार पार्नको लागी डेभलपरलाई जिम्मा दिएका छन् । अधिकांश बीमा कम्पनीले असार मसान्तमा हुने कामको चापले गर्दा एपिआई तयार पार्ने काममा अल्झिन नसकिने भन्दै महत्व दिएका छैनन् ।

बीमा समितिले सबै बीमा कम्पनीहरुलाई यही असार ३२ गतेभित्र जसरी पनि बीमा कम्पनीहरुको डाटा बेस सर्भरमा समितिलाई अनलाइन एक्सेस (पहुँच) दिन निर्देशन जारी गरेको हो ।

बीमा कम्पनीको कोर एप्लिकेशन सफ्टवेयर (बीमा सेवाको लागी प्रयोगमा रहेको मुख्य सफ्टवेयर) सँग एपिआइ (प्राविधिक पुल) मार्फत् बीमा समितिले निर्वाध पहुँच स्थापित गर्न खोजेको हो ।

बीमा कम्पनीहरुलाई पटक पटक सचेत गराउँदा समेत पुरानो मितिमै बीमाको कारोबार गर्ने प्रवृत्तिमा अंकुश लाग्न नसकेको निक्र्यौल निकाल्दै समितिले गत माघ महिनामै केन्द्रिय सर्भर संचालनमा आएको घोषणा गरेको थियो ।

बीमा समितिमा अहिलेसम्म बीमा कम्पनीहरुले महिना दिनको कारोबार अर्को महिनाको पहिलो साताभित्र उपलब्ध गराउँदै आएका छन् । यसरी कारोबार मिति सकिएपछि तथ्यांक उपलब्ध गराउँदा चालू महिनामा भएको कारोबार समेत बितेको महिनामा भएको उल्लेख गरी पठाउँदै आएका छन् । विशेष गरी त्रैमासिक र वार्षिक प्रगति देखाउनको लागी वास्तविक समयभन्दा पनि पछि गरिएको कारोबारलाई पुरानै मितिमा गरिएको कारोबारको रुपमा देखाउने अभ्यास जीवन बीमा कम्पनीमा प्रवृत्तिकै रुपमा छ ।

के हो एपिआई ?
कुनै सेवा प्रदायकले सेवा प्रदायकको कोर एप्लिकेशन९कारोबारको लागी प्रयोग हुने मुख्य सफ्टवेयर र त्यसभित्रको तथ्यांक० मा तेश्रो पक्षको पहुँच स्थापित गर्नको लागी तयार पारिने सफ्टवेयर नै एप्लिकेशन प्रोगाम इन्टिग्रेशन हो ।

यो दुईवटा बेग्ला बेग्लै सफ्टवेयर वा सर्भरबीच सम्बन्ध स्थापित गर्न र एउटा सर्भरले मागेको९पूर्व निर्धारित सीमासम्म० जानकारी वा तथ्यांक अर्को सर्भरसँग प्राप्त गर्नको लागी प्रयोग गरिने माध्यम हो ।

उदाहरणको लागी ईसेवाबाट कुनै जीवन बीमा कम्पनीको बीमाशुल्क भुक्तानी गर्दा ईसेवाको एप्समै बीमितको बीमालेख नम्बर, बीमाशुल्क, भुक्तानी गर्नुपर्ने मिति,जरिवाना ब्याज सहितको विवरण देखा पर्छ । यो एपिआईको माध्यमबाट नै सम्भव भएको हो । ईसेवाले एपिआईको माध्यमबाट बीमा कम्पनीको सर्भरमा निश्चित पहुँच पाएकाले नै यी सबै विवरण ईसेवाको एप्समा समेत उपलब्ध हुन पुगेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS