Connect IPS
IME Life

प्रभु लाइफ र महालक्ष्मी लाइफ विच मर्जरको संझौता, स्वाप रेसियो बराबर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी विच मर्जरको सहमतिपत्रमा हस्ताक्षर भएको भएको छ । आज साझ होटल अलफ्टमा दुबै कम्पनी विचमा बराबरी हैसियतमा मर्जरको सहमति भएको हो । सहमपत्रमा प्रभु लाइफका अध्यक्ष सुवास अमात्य र महालक्ष्मी लाइफका अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर गरेका हुन् । मर्जर पछि बन्ने कम्पनीको नाम ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड’ रहनेछ ।

मर्जर पछि बन्ने कम्पनीले सर्वसाधारण र संस्थापकको शेयर संरचना मिलाउन एफपिओ निष्काशन गर्नु पर्नेछ । अहिलेको अवस्थामा मर्जर हुँदा संस्थापक शेयर पूँजी ८५ प्रतिशत हुनेछ भने सर्वसाधारण शेयर पूँजी १५ प्रतिशत हुनेछ । त्यसैले कम्पनीले कम्तिमा पनि ३० प्रतिशत कायम गर्न ९० लाख कित्ता एफपिओ जारी गर्नु पर्नेछ । त्यस पछिको अवस्थामा कम्पनीको जगेडा कोष थप बलियो बन्नेछ ।

Prabhu
Crest

चुक्ता पुँजीको आधारमा :
प्रभु लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रहेको छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १०  करोड रहेको छ। महालक्ष्मी लाइफले आफ्नो चुक्ता पुँजी १ अर्ब ४० करोडको आधारमा आफ्ना सस्थागत लगानीकर्तालाई ५० प्रतिशत थप रकमको लागि आह्वान गरेको र त्यसपश्चात नबिकेको शेयर लिलामी प्रक्रियामा ल्याएको थियो । मर्जर पछि चुक्ता पूँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

जगेडा कोषको आधारमा :
प्रभु लाइफको जगेडा कोषमा ४५ करोड ५४ लाख रहेको छ भने महालक्ष्मी लाइफको जगेडामा २२ करोड २ लाख रहेको छ।

जीवन बीमा कोषको आधारमा :
प्रभु लाइफको जीवन बीमा कोषमा २ अर्ब ७१ करोड संचित छ भने महालक्ष्मीको जीवन बीमा कोषमा १ अर्ब ९८ करोड संचित छ।

खुद नाफाको आधारमा :
चालु आर्थिक वर्षको ९ महिनासम्म प्रभु लाइफले १० करोड १३ लाख खुद नाफा गरेको छ भने महालक्ष्मी लाइफले ७ करोड २४ लाख खुद नाफा गरेको छ।

९ महिनाको बीमा शुल्कको आधारमा :
प्रभु लाइफले चालु आर्थि वर्षको ९ महिनासम्म १ अर्ब ५१ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो भने महालक्ष्मी लाइफले १ अर्ब १४ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।

११ महिनाको बीमा शुल्कको आधारमा :
प्रथम बीमा शुल्क : चालु आर्थिक वर्षको ११ महिनासम्म प्रभु लाइफले ९१ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ भने महालक्ष्मी लाइफले ६३ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ।
कुल बीमा शुल्क : चालु आर्थिक वर्षको ११ महिनासम्म प्रभु लाइफले १ अर्ब ७४ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने महालक्ष्मी लाइफले १ अर्ब २८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS