Connect IPS
IME Life

राम्रो कम्पनीमा लगानीकर्ताको आकर्षण, यि हुन् सर्वाधिक धेरै कारोबार भएका १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार सर्वाधिक तल्लो विन्दुबाट उकालो लाग्न थाले सँगै लगानीकर्ताको ध्यान राम्रा राम्रा कम्पनीमा पर्न थालेको छ । अहिलेको अवस्थामा आकर्षक र राम्रो लाभांश दिने कम्पनीको शेयर मूल्य पनि सबैभन्दा तल्लो विन्दुमा छ । यहि समयमा ति कम्पनीको शेयर खरिद गर्दा आकर्षक लाभांश पाउने भएकाले पनि उक्त कम्पनीमा आकर्षण देखिएको हो ।

आज लगानीकर्ताको सर्वाधिक धेरै रोजाइमा एनआईसी एशिया परेको छ । एनआईसी एशिया बैंकको मात्रै आज ३० करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक प्रतिशेयर आम्दानी बनाउन सफल एनआईसी एशियाले यस वर्ष आकर्षक लाभांश दिने पुर्वानुमान गरिएको छ ।

Prabhu
Crest

हकप्रदको हल्ला सँगै दोस्रो धेरै रोजाइमा अपर तामाकोशी परेको छ । अपर तामाकोशीको मात्रै १४ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । तेस्रो धेरै कारोबार हुनेमा एशियन लाइफ छ । एशियन लाइफको ८ करोड ४६ लाख रुपैयाँको किनबेच भएको छ । हरेक वर्ष आकर्षक नगद लाभांश दिने शिवम् सिमेन्टको ८ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

हिमालयन डिष्ट्रलरीको ६ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६ करोड २० लाख, एसबिआई बैंकको ६ करोड १४ लाख, गरिमा विकास बिकास बैंकको ५ करोड ७७ लाख, अरुण काबेली ५ करोड ३३ लाख र नेपाल टेलिकमको ४ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS