IME Life
GBIME

प्रभु र महालक्ष्मी लाइफ विच मर्जरको सहमति, यस्तो बन्दैछ मर्जर पछिको कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रभु लाइफ इन्स्योरन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी विच मर्जरको सहमति भएको छ । आज साझ होटल अलफ्टमा दुई कम्पनीका अध्यक्षहरुले सहमतित्रमा हस्ताक्षर गर्दै छन् । दुई कम्पनी विचमा दुई तीन सातादेखि लगातार छलफल भइरहेको थियो । सघन छलफल पछि दुई कम्पनी एक आपसमा मर्जरको सहमति नजिक पुगेका हुन् ।

मर्जर पछि बन्ने कम्पनीले सर्वसाधारण र संस्थापकको शेयर संरचना मिलाउन एफपिओ निष्काशन गर्नु पर्नेछ । अहिलेको अवस्थामा मर्जर हुँदा संस्थापक शेयर पूँजी ८५ प्रतिशत हुनेछ भने सर्वसाधारण शेयर पूँजी १५ प्रतिशत हुनेछ । त्यसैले कम्पनीले कम्तिमा पनि ३० प्रतिशत कायम गर्न ९० लाख कित्ता एफपिओ जारी गर्नु पर्नेछ । त्यस पछिको अवस्थामा कम्पनीको जगेडा कोष थप बलियो बन्नेछ ।

Crest

मर्जर पछि सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतमा प्रभु लाइफका सुवास अमात्य र सन्तोष प्रसाई हुने प्रारम्भिक सहमति भएको कम्पनीहरुले जनाएका छन् । स्वाप रेसियो डिडिए पछि तय हुने सहमति भएको छ ।

चुक्ता पुँजीको आधारमा :
प्रभु लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रहेको छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १०  करोड रहेको छ। महालक्ष्मी लाइफले आफ्नो चुक्ता पुँजी १ अर्ब ४० करोडको आधारमा आफ्ना सस्थागत लगानीकर्तालाई ५० प्रतिशत थप रकमको लागि आह्वान गरेको र त्यसपश्चात नबिकेको शेयर लिलामी प्रक्रियामा ल्याएको थियो । मर्जर पछि चुक्ता पूँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

जगेडा कोषको आधारमा :
प्रभु लाइफको जगेडा कोषमा ४५ करोड ५४ लाख रहेको छ भने महालक्ष्मी लाइफको जगेडामा २२ करोड २ लाख रहेको छ।

जीवन बीमा कोषको आधारमा :
प्रभु लाइफको जीवन बीमा कोषमा २ अर्ब ७१ करोड संचित छ भने महालक्ष्मीको जीवन बीमा कोषमा १ अर्ब ९८ करोड संचित छ।

खुद नाफाको आधारमा :
चालु आर्थिक वर्षको ९ महिनासम्म प्रभु लाइफले १० करोड १३ लाख खुद नाफा गरेको छ भने महालक्ष्मी लाइफले ७ करोड २४ लाख खुद नाफा गरेको छ।

९ महिनाको बीमा शुल्कको आधारमा :
प्रभु लाइफले चालु आर्थि वर्षको ९ महिनासम्म १ अर्ब ५१ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो भने महालक्ष्मी लाइफले १ अर्ब १४ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।

११ महिनाको बीमा शुल्कको आधारमा :
प्रथम बीमा शुल्क : चालु आर्थिक वर्षको ११ महिनासम्म प्रभु लाइफले ९१ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ भने महालक्ष्मी लाइफले ६३ करोड प्रथम बीमा शुल्क आर्जन गरेको छ।
कुल बीमा शुल्क : चालु आर्थिक वर्षको ११ महिनासम्म प्रभु लाइफले १ अर्ब ७४ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने महालक्ष्मी लाइफले १ अर्ब २८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS