Connect IPS
IME Life

आधा बीमा कम्पनीको शेयर कारोबार रोक्का, दोस्रो बजारमा एक खर्ब २० अर्बको सम्पत्ति बन्धक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका १५ बीमा कम्पनीहरुको शेयर कारोबार रोक्का छ । दोस्रो बजारमा सूचिकृत ३० कम्पनी मध्ये १५ वटाको कारोबार रोक्का हुँदा लगानीकर्ताको २५ अर्ब ७५ करोड रुपैयाँको शेयर बन्धक भएको छ ।

मर्जरको सहमति हुनु भन्दा अगाडीको शेयर मूल्यका आधारमा उक्त बीमा कम्पनीको बजार पूँजीकरण मात्रै एक खर्ब २० अर्ब रुपैयाँको छ । हालसम्म ८ वटा निर्जीवन बीमा कम्पनी र ७ वटा जीवन बीमा कम्पनी छन् ।

Prabhu
Crest

हिमालयन र एभरेष्टले यहि साउन एकगतेदखि एकिकृत कारोबार गर्दैछन् । केहि दिन भित्रै उक्त कम्पनीको एकिकृत शेयर कारोबार हुनेछ । यस बाहेक अन्य कम्पनीहरुले मर्जरको सहमतिपत्रमा हस्ताक्षर मात्रै गरेकाले कारोबार फुकुवा हुन धेरै समय लाग्नेछ ।

निर्जीवन तर्फ आज मात्रै सगरमाथा र लुम्बिनी जनरलको कारोबार रोक्का भएको छ । दुबै कम्पनीले आज विहान ९ बजे मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । त्यस्तै प्रिमियर इन्स्योरेन्स र सिद्धार्थको पनि कारोबार रोक्का छ । हिजो मात्रै सानिमा जनरल र जनरल विचमा मर्जरको सहमति भएको थियो ।

जीवन तर्फ सबैभन्दा पहिला तीन जीवन बीमा कम्पनीहरु युनियन लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ र गुराँस लाइफले एक हुने सहमति गरेका थिए । त्यस पछि ज्योति लाइफ र सूर्या लाइफले सहमति गरे सँगै कारोबार रोक्का छ । रिलायन्स लाइफ र सानिमा लाइफले पनि मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

अझै पनि केहि कम्पनी मर्जरको अन्तिम कसरतमा छन् । भोलि विहानसम्म मर्जरको सहमतिपत्रमा हस्ताक्षर गर्दा कर छुटको सुविधा पाइने भएकाले पनि बीमा कम्पनीहरु घनिभुत रुपमा छलफल गरिरहेका छन् । एकातिर बीमा समितिले मर्जरका लागि दवाव दिने अर्को तर्फ मर्जरमा जानै पर्ने भए पछि किन करको सुविधा नलिने भन्दै उनिहरुले मर्जरको सहमति गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS